Netra Bdr Karki: गजल:-
जीवन एक किसिमको तास झैँ लाग्छ!!
जब जित्छु नि तब मात्रै खास झैँ लाग्छ!!
जब हारें पाएँ अर्को ढोका अवसरको उता!!
त्यसैले त खुद आफैंमा बिश्वास झैँ लाग्छ!!
जहाँ लडें त्यहि टेकेर उठेको छु आजसम्म!!
त्यसैले त पिडाहरु खुब मिठास झैँ लाग्छ!!
दुखको मानो धेरै थोरै बेसाएकै छु जिन्दगीमा!!
र पनि निलौ कि ओकलौ तातो गास झैँ लाग्छ!!
चोटहरु मित्र छ्न् सोधिरहन्छ्न आईरहन्छ्न!!
विचरा! म बाट खुसिहरु निराश झैँ लाग्छ!
Netra Bdr Karki: गजल
रामेछाप बेताली ७-हाल- गोकुलगङा ४
हिँड्न बाँकी थियो अझै बीच बाटोमै गल्यौ किन
थाँती राखी थुप्रै रहर अकस्मात ढल्यौ किन ?
धोको थियो कति मनमा भन्न पनि नभ्याउँदै,
सपनाहरु सप्तरंगी फुलाएर छल्यौ किन ?
हरायौ कि लड्ने शक्ति संघर्षको यो फाँटमा,
चितामाथि राखी इच्छा स्वयं पनि जल्यौ किन ?
यात्रा थाल्नु व्यर्थै किन अपुरो नै छोड्नलाई,
नश्वर त्यो देहसँगै ह्वारह्वार्ती बल्यौ किन ?
उराठिलो, विरसिलो या त ठान्यौ यो दुनियाँ,
चिम्ली आँखा अनायासै अर्कै लोक चल्यौ किन ?