भारत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त स्रोतसाधनबाट पूर्णरुपमा लाभ लिने साँचो नै शिक्षा हो भनेका छन् ।
प्रधानमन्त्री ओलीले उक्त कुरा भारतको उत्तराखण्डस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयद्वारा उनलाई आज मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको समारोहलाई विश्वविद्यालयमा सम्बोधन गर्दा बताएका हुन् ।
सम्बोधनमा उनले भने, “प्रत्येक व्यक्तिसँग विशेष रुचि र क्षमता हुन्छ, दक्षता र सीप हुन्छ र राज्यले उसको सीप र क्षमता निर्माण गर्ने उपयुक्त अवसर प्रदान गर्नुपर्छ ।
सरकारले राज्यको मानव संशाधनको आवश्यकता मूल्यांकन गरी आफ्ना जनतामा भएको प्रतिभा र क्षमताको भरपुर उपयोग गर्नुपर्छ भने व्यक्तिले पनि आफ्नो ज्ञान समाज र राष्ट्रको बृहत्तर हितका लागि प्रयोग गर्नुपर्छ, उनले भने ।