नयाँ दिल्ली- दूताबासको असहयोगका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन नपाएको नेपाली एकता समाज भारतले गुनासो गरेका छ ।
ओलीको भारत भ्रमणका क्रममा समाजले नेपालहरुलाई दिनहुँ आइ पर्ने समस्यालाई लिएर ज्ञापनपत्र दिन चाहेको थियो तर, राजदूतावासले समय नमिलाइदिएका कारण त्यो सम्भव हुन नसकेको समाजका अध्यक्ष आनन्द थापाले जानकारी दिए ।
समाजले भारतबाट नेपालमा हुने महंगो टेलिफोन शुल्क, भारतीय रेलमा भाडामा विभेद, सीमा क्षेत्रमा हुने समस्या र १९५० मा भएको सन्धीको विषयलागायत समेटेर ज्ञापनपत्र बुझाउन लागेको गियो ।