Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर :


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २४ २०७४
  • 6K
    SHARES

काठमाडौं । तस्करीको ३३ किलो सुन गायब भएसँगै हत्या गरिएका उर्लाबारीका सनम शाक्य ‘हत्या प्रकरण’मा शंकास्दप भूमिका देखिएका एसएसपी दिवेश लोहनीसहित तीन सुरक्षा अधिकारी प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले पत्राचार गरेर एसएसपी लोहनी, डिएसपी प्रजित केसी र प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई प्रहरी हेडक्वार्टरको मानवश्रोत विकास विभागमा हाजिर हुन निर्देशन दिएको छ । गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी अधिकृतहरुलाई हेडक्वार्टर तानिएको प्रहरी प्रवक्ता (डिआईजी) मनोज नेउपानेले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।

फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले चिनको केरुङ नाका हुँदै ल्याएको सुन भरियाले लुकाएको भन्दै यातना दिने क्रममा मोरङको उर्लाबारी–७ स्थायी घर भएका शाक्यको गत फागुन १८ गते हत्या भएको थियो ।

फागुन १९ गते विराटनगरको पोखरीयाबाट महानगरीय अपराध महाशाखाका डिएसपी प्रजित केसी र प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल समेतको टोलीले शाक्यको शव बरामद गरेको थियो । ‘सनम हत्या प्रकरण’मा प्रहरीको भूमिका शंकास्पद देखिएको भन्दै गठित छानबिन समितिको सिफारिसमा एसएसपी लोहनीसहित तीन अधिकृतलाई महाशाखाको जिम्मेवारीबाट हटाईएको छानबिन समितिमा रहेका एक उच्च अधिकृतले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४