Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोकुलगङा गाउपालिकामा स्थानीय सरकार गठन भएको छ:सरकार गठनपछि बिकास निर्माण कार्यले गति लिएको छ ।प्रबक्ता बलराम खड्का :


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २२ २०७४
  • 6.3K
    SHARES

*Netra Bdr Karki:

रामेछापको गोकुलगंगा गाउँपालिकाभित्र स्थानीय सरकार गठन भएपछि विकास निर्माणको कामले गति लिएको छ । रामेछापमा छ वटा गाउँपालिका मध्ये अहिलेसम्म गोकुलगंगा गाउँपालिकामा मात्र बैंकको शाखा विस्तार भएको छ । गाउँपालिकाले अहिले सडक निर्माणलाई नै प्राथमिकता दिएर काम गरिरहेको छ । गाउँपालिकाले कृषि, स्वास्थ, शिक्षा, रोजगारी, पर्यटन लगायतको विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । यसै विषयमा गाउँपालिकाका प्रवक्ता एव वडा नम्बर ५ नामाडीका वडा अध्यक्ष बलराम खड्कासँग जन प्रहार प्रतिनिधिले गरेको कुराकानीः–

  • गाउँपालिकाभित्र सडकको अवस्था कस्तो छ ?

गाउँपालिकाको ६ वटै वडामा सडक पुगेको छ । गाउँपालिकाले यस आर्थिक बर्षको लागि पचास प्रतिशत बजेट सडकमा लगानी गरेको छ । सडकको स्तरउन्नती गर्ने काम भएका छ । भत्किएका विग्रएका सडक निर्माण गरेर सहज रुपमा यातायात सञ्चालन गर्ने काममा गाउँपालिकाले पहिलो प्राथमिकता राखेको छ । गाउँपालिकाको ६ वटा वडामा सडक निर्माणको जलागि ४०/४० लाख रुपैयाँ बजेट विनियोजन गरेर अहिले काम भइरहेको छ । अधिकांश काम सम्पन्न भएको छ । केही हुने क्रममा छ । गाउँपालिकाको जोडने दुई वटा सडक चुचेर हुँदै गाउँपालिकाको केन्द्र र फर्पु नामाडी बेताली हुँदै रस्नालु हुँदै गाउँपालिकाको केन्द्रसम्म सञ्चालन हुने सडकलाई ७०/७० लाख रुपैयाँ विनियोजन गरेर हाल डिपिआरको का भइरहेको छ । वडाभित्र रहेको आन्तरिक सडकलाई व्यवस्थित गर्न प्रत्येक वडामा वीस/वीस लाख रुपैयाँ बजेट विनियोजन गरेर काम गरिरहेका छौं । गाउँपालिकाको सबै वडढामा हिउद बर्षा नै यातायात सञ्चालन हुन्छ । यो सँगै गाउँपालिकाको केन्द्र रस्नालु जोडने सडक पनि कालोपत्रे गर्नको लागि अहिले काम भइरहेको छ । आगामी दुई बर्षभित्र गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्रे हुनेछ । चार बर्षको अवधि अन्तर्गत ठेकेदार कम्पनीले दुई बर्ष काम गरिसकेको छ । गाउँपालिकाबाट सदरमुकाम मन्थली पचास किलोमिटर रहेको छ ।

  • विद्युतीकरणको काम के कसरी अगाडि बढिरहेको छ ?

गाउँपालिकाको अधिकांश स्थानमा विद्युतीकरण भइसकेको छ । गाउँपालिका–२ ठोसको साविक एउटा वडामा मात्र विद्युतीकरण गर्न बाँकी छ । यसै बर्ष विद्युतीकरण गरिसक्ने लक्ष्यको साथ गाउँपालिकाले वीस लाख रुपैयाँ बजेट पनि विनियोजन गरिसकेको छ । गाउँपालिकाभित्र कुनै पनि नागरिक विद्युतबाट बञ्चिन नहुने भन्ने हाम्रो चाहना हो । यसै बर्ष हामी यो योजना कार्यान्वयन गछौं ।

  • खानेपानीको अवस्थाको नि ?

गाउँपालिकाभित्र खानेपानीको स्रोत पर्याप्त छ । तर हामीले भनेकोजस्तो व्यवस्थित गर्न सकेको छैनौ । गाउँपालिकाभित्र रहेको प्रत्येक घर–घरमा धारो पु¥याउने लक्ष्य गाउँपालिकाले लिएको छ । विगतदेखि नै खानेपानीका योजना सञ्चालन भएपनि प्रभावकारी रुपमा काम हुन नसकेको पाइएको छ । स्थानीय तहमाा जनप्रतिनिधिहरु आएपछि खानेपानी लगायतका विसका निर्माणको काममा तीब्रता आएको छ ।

  • बैंक स्थानापना नहुँदा सिंहदवारको अधिकार गाउँगाउँ पुगेन भन्ने गुनासो छ नि ?

रामेछापमा बैंकको शाखा स्थापना गर्ने हामी पहिलो गाउँपालिकाका हो । गाउँपालिकाको पाँच वटा गाउँपालिकामा अझै बैंकको शाखा स्थापना भएको छैन् । गाउँपालिकामा नै बैंकको शाखा स्थापना भएपछि हामीले गाउँगाउँमा सिंहदरवार भन्ने नारालाई कार्यान्वयन गरेका छौं ।

  • कृषिमा आधुनिकरण गर्ने योजना के छ ?

गाउँपालिकाको पहिलपो प्राथमिकता नै कृषिमा आनुनिकरण हो । गाउँपालिकाभित्र भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकरण गर्ने हाम्रो लक्ष्य रहेको छ । गाउँपालिकालाई समृद्ध बनाउने आधार नै कृषि हो । गाउँपालिकाभित्र तरकारी र फलफुल खेती नै मुख्य रुपमा हुने गरेका छन् । रस्नालुमा आलुको पकेट क्षेत्र बनाउने, नामाडी, बेताली व्यवसायीक रुपमा तरकारी खेती गर्ने फर्पु र चुचेरमा पनि कृषिको लागि उर्वर भूमि मानिन्छ । गाउँपालिकाभित्र किबी, चियाखेती र अलैची खेती पनि राम्रो सम्भावना छ ।

  • स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न के योजना छ ?

गाउँपालिकाभित्र अहिलेसम्म अस्पताल छैन् । हामीले गाउँपालिकाको केन्द्र रस्नालुमा १५ सैयाको अस्पताल निर्माण गर्न योजनालाई विदेशी दातृ निकायले सहयोग गर्ने प्रतिबद्धनता जनाएको छ । गाउँपालिकाको चुचेर बाहेक अन्य सबै वडामा बर्थिङ सेन्टर स्थापना भइसकेको छ । त्यहाँ पनि छिट्टै स्थापना गर्न योजना बनाएका छौं । गाउँपालिकाका जनतालाई सहज रुपमा स्वास्थ्य सेवा दिन १७ रोपनी जग्गामा १५ सैयाको अस्पताल निर्माण गर्ने योजना अगाडि सारेका छौं । हाल गाउँपालिकामा चार वटा एम्बुलेन्स रहेका छन् ।

  • स्थानीय तहमा रोजगारी सृजना गर्न गाउँपालिकाले के गरिरहेको छ ?

गाउँपालिकाभित्र भएको स्रोत र साधानलाई अधिकतम परिचालन गरेर आगामी चार बर्षको अवधिमा पाँच हजार जनालाई रोजगारी सृजना गर्ने हाम्रो लक्ष्य रहेको छ । वैदेशिक रोजगारीमा जानु भन्दा आफ्नै गाउँघरमा बसेर रोजगारी गर्न चाहनेहरुलाई गाउँपालिकाले प्राथमिकतामा राखेर वातावरण सृजना गर्नेछौ ।
कृषिको पकेट क्षेत्र स्थापना गरेर व्यवसायिक तरकारी खेती गर्ने, पशुपालन गर्ने लक्ष्य छ । चुचुरेलाई जडिबुडी र पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, ठोसमा आलुको पटके क्षेत्र बनाउने, रस्नालुमा चिया र किबी खेतीको पटेक क्षेत्र बनाउने, वेतालीमा रेम्बो ट्राउट माछा र कुखुरापालनको पेशालाई अगाडि बढाउने, नामाडीमा काउ फार्म सञ्चालन गर्ने, फर्पुमा पशुपालनलाई प्राथमिकता दिने यी काम गरेर आगामी चार बर्षभित्र पाँच हजार जनालाई रोजगारी सृजना गर्ने लक्ष्य हामीले लिएका छौं । काम गर्ने युवाहरुलाई विदेश जान नपर्ने वातावरण सृजना गछौं ।

  • पर्यटन क्षेत्रको विकास के योजना छ ?

गोकुलगंगा गाउँपालिकाभित्र पर्यटन क्षेत्रको राम्रो सम्भावना रहेको छ । चुचुरे र रस्नालु विशेष पर्यटकीइ क्षेत्रको रुपमा चिनिदै आएको छ । तामेडाँडामा भ्युटावर निर्माण गर्ने योजना पनि अगाडि सारेका छौं । बाँकी गाउँपालिकाभित्र रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई पनि एक साथ अगाडि बढाएर लैजाने योजना रहेको छ।नेता खड्का ले जन न्युज संगको कुराकानीमा बताएका छन।सरकार  गठनपछि हरेेक काममा सहजीकरण हुने 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४