Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरी कार्यालय व्यवस्थित छैनः आयोग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २१ २०७४
  • 4.2K
    SHARES

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले यौनजन्य हिंसाजस्तो गम्भीर प्रकृतिको मानवाधिकार उल्लंघनका घटनाको अनुसन्धान तथा कारवाही प्रक्रिया व्यवस्थित र पीडितमैत्री बनाई हिंसापीडित महिलाको न्यायमा पहुँच अभिवृद्धि गर्नुपर्नेमा आग्रह गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आफ्नो नेतृत्वमा खटिएको टोलीले सोमबार काठमाडौँ उपत्यकाका महानगरीय प्रहरी परिसर टेकु, महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटी, महानगरीय प्रहरी वृत्त दरबारमार्गको आकस्मिक अनुगमन गरेपछि आज जारी गरेको प्रेस विज्ञप्तिमा सो आग्रह गरिएको छ ।
अनुगमनका क्रममा प्रहरी कार्यालय र पीडितलाई आवश्यक परामर्श दिन निर्माण गरिएको परामर्श कक्ष व्यवस्थित नभएको, जानकारीका लागि राखिएको सूचनापाटी सर्वसाधारणको पहुँचमा नभएको, सोधपुछ कक्षमा महिला कर्मचारीको उपस्थिति नरहेको एवं सर्वसाधारणको पहुँचमा नभएको र यौनजन्य

हिंसाका घटनामा प्रहरीबाट परामर्श प्रदान गरी मेलमिलाप गराउने गरेको पाइएको जनाइएको छ । जबर्जस्ती करणी र यौनजन्य दुव्र्यवहारजस्ता महिलाविरुद्ध हुने हिंसाका घटनाको अनुसन्धान तथा कारबाही प्रक्रियामा महत्वपूर्ण भूमिका रहने प्रहरी कार्यालयको भूमिका तथा प्रभावकारिताका सम्बन्धमा आयोगमा प्राप्त जनगुनासालाई सम्बोधन गर्ने सन्दर्भमा अनुगमन गरिएको उल्लेख छ ।

टोलीले अनुगमनका क्रममा प्रहरी कार्यालयस्थलमै पुगेर कार्यालय प्रमुख, अपराध अनुसन्धान शाखाका कर्मचारी तथा सर्वसाधारण सेवाग्राहीसँग सोधपुछ तथा छलफल गरेको थियो । यौनजन्य हिंसाका घटनामा प्रारम्भिक अनुसन्धान गर्ने र उजुरी दर्ता गर्ने प्रहरी कार्यालय, मुद्दा हेर्ने सरकारी वकिलको कार्यालय र फैसला गर्ने अदालतबीच समन्वयको अभाव रहेको अनुगमनका क्रममा पाइएकोे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४