ललितपुर महानगरपालिकाले सत्यमोहन जोशीलाई सुरक्षागार्ड, सवारी र चालक उपलब्ध गराउने भएको छ।
भाषा, संस्कृति र साहित्यमा उनले पुर्याएको योगदानको कदर गर्दै यो सुविधा उपलब्ध गराउन लागिएको महानगर प्रबक्ता राजु महर्जन ले जन न्युज नेपाल खवर डट कम जानकारी दिए।
‘भाषा, संस्कृति र साहित्यमा लामो समयदेखि क्रियासिल रहनुभएका उहाँलाई सम्मान स्वरुप यो सुविधा उपलब्ध गराउन लागेका हौं’, महर्जनले भने, ‘उहाँलाई सम्मान गर्न पाउनु हाम्रो गौरवको विषय हो।’
जोशीलाई एक जना नगर प्रहरी, सवारी र चालक उपलब्ध गराउन लागिएको हो।
चैत १५ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार जोशीलाई यो सुविधा प्रदान गर्न लागिएको हो।