Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यातायात व्यवसायीको सिन्डिकेट : भक्तपुरमा मयुर र साझा चलाएको भन्दै यातायात सेवा अनिश्चितकालका लागि बन्द


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १८ २०७४
  • 10.7K
    SHARES

भक्तपुर । यहाँको ग्रामीण क्षेत्रमा चल्ने सार्वजनिक यातायात सेवा आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा १३ वटा बस व्यवसायी समिति आबद्ध रहेको कोटेश्वरपूर्व यातायात समन्वय समितिको निर्णयबाट आजदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएको यातायात सेवा ठप्प पारेको हो ।

भक्तपुरको दुवाकोट, चाँगुनारायण, झौखेल, छालिङ, सिपाडोल, बागेश्वरी, तेलकोट, नगरकोट, सिपाडोल डोलेश्वर, बालकोट सिरुटार, च्यामासिंह, ताँथलीलगायतका ग्रामीण रुटमा सञ्चालित यातायात सेवा आजदेखि बन्द गरिएको भक्तपुर मिनिबस सेवा समितिका सचिव प्रकाश बस्नेतले जानकारी दिए ।

भक्तपुरका ग्रामीण रुटमा भक्तपुर मिनिबस सेवा समिति, मध्य उपत्यका बस व्यवसायी संघ, मध्यपुर सद्भाव समिति, नयाँ बाटो ठिमी सद्भाव समिति, उत्तर–पूर्वी यातायात संघले सेवा सञ्चालन गर्दै आएका छन् । मयुर यातायात प्रालिलाई बनेपासम्म रुट इजाजत दिएको विरोधमा यातायात व्यवसायी संघ र समितिले सार्वजनिक सवारीको सेवा बन्द गरेको हो ।

उनले भने, “बाटो बिग्रिएको र जोखिम भएको ग्रामीण क्षेत्रमा हामी बस चलाउने अनि सुगम र चिल्लो सडकमा नयाँलाई रुट परमिट दिने ? यो प्रवृत्तिको अन्त्य गर्न हामीले अनिश्चितकालका लागि ग्रामीण क्षेत्रमा यातायात सञ्चालन ठप्प पारेका हौँ, हाम्रो माग पूरा नभएसम्म बस चलाउँदैनाँै ।”

समितिका अध्यक्ष दिनेश प्रधानले यातायात व्यवसायीको आन्दोलन आलोपालो प्रणाली लाद्न नभई ग्रामीण क्षेत्रमा पनि साझा यातायात र मयुर बसले सेवा दिनुपर्छ भन्ने माग राखेको बताए ।

आजदेखि भक्तपुर र काभ्रेका ग्रामीण क्षेत्रमा जाने सार्वजनिक यातायात सञ्चालन बन्द गरेको बताउँदै उनले सोमबार विहान ९ देखि १० बजेसम्म १ घण्टा र चैत २१ गतेदेखि कोटेश्वरबाट अरनिको राजमार्ग भएर चल्ने सबै सार्वजनिक सवारी बन्द गर्ने उनले बताए। यातायात सेवा सञ्चालन नभएपछि ग्रामीण क्षेत्रका  यात्रुले सास्ती झेल्नुपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४