Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमित श्रेष्ठको सानदार पारीमा काठमाडौंको विजयी सुरुवात


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १७ २०७४
  • 3.1K
    SHARES

अमित श्रेष्ठले सानदार पारी खेलेपछि रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ मा काठमाडौं गोल्डन्सले घरलु टोली टीम चौराह धनगढीलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

उद्घाटन खेलमा शनिबार धनगढीले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा नटअाउट अमित श्रेष्ठले ८१ रनको पारी खेलेपछि काठमाडौंले ९ बल अगावै ३ विकेट गुमाएर लक्ष्य भेटाएको थियो।

६५ बलको सामना गरेका अमितले ९ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै उसका नरेश बुढाऐरले २४, जयकिसन कोल्सावालाले १६ रनको पारी खेले।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनायो।

उसका ओपनर सुनिल धमलाले ५७ बलमा ६८ रनको अर्धशतकीय पारी खेलेका थिए। सो क्रममा उनले ८ चौका र २ छक्का प्रहार गरे। यस्तै, धनगढीका शंकर रानाले ३६ रन जोडे। राजु रिजाल ११ र योगेन्द्रसिंह कार्की ५ रनमा नटआउट रहे।

धनगढीलाई सो स्कोरमा रोक्न काठमाडौंका सहाब आलमले ह्याट्रिक गरेका थिए। ४ ओभर बलिङ गरेका सहाबले २३ रन खर्चेका थिए। उनले १८औं ओभरको तेस्रो बलमा सुनिल धमलालाई विकेट किपर जयकिशन कोल्सावालाको हातबाट स्टपिङ गराएका थिए।

यस्तै चौथो बलमा सहाबले भर्खरै क्रिजमा आएका धनगढीका कप्तान सोमपाल कामीलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए भने पाँचौ बलमा उनले सोनु तामाङलाई फेरि ज्ञानेन्द्रकै हातबाट क्याच गराएका थिए।

काठमाडौंका किशोर महतो, सन्नी पटेल र रासिद खानले पनि समान १ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४