प्रधानमन्त्री ओलीले माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति लक्षित गर्दै जनतालाई बम, बारुद र चन्दा आतङ्क मच्चाएर जनतालाई दुःख नदिनसमेत आग्रह गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’लार्इ कार्ल मार्क्सको सिद्धान्तमा सुतली बम कहाँ छ भन्ने प्रश्न गरेका छन्।
रिपोर्टर्स क्लबको २० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रश्न गरेका हुन्।
उनले भने,’अहिले केही मान्छेहरुले कुन थोत्रा किताब पढेका छन् र क्रान्तिका कुरा गर्छन्। सुतली बम मार्सको सिद्धन्त कहाँ छ? सुतली बम र चन्दाका लागि क्रान्तिको गफ दिने, विप्लव कि के समूह भन्ने छ नी, केपी ओलीलार्इ वारेन्ट जारी गर्ने विप्लवलार्इ यस प्रकारका राजनीतिक मजाक नगर्न सुझाव दिन चाहन्छु।’
कम्युनिष्टको सरकार आएकाले अब जनता जाडो र भोकले नमर्ने अभिव्यक्ति समेत दिएका छन्। प्रधानमन्त्रीले भने,’कम्युनिस्टलाई तानाशाही भनिरहेका छन। जनता भोकै मर्दा मन नपोल्ने सरकार अहिले देशमा छैन। यस सरकारको मन जनता भोकै पोल्छ। तराईमा जाडोले कठ्याङ्ग्रिएर कोहीपनि मर्दैन किनकी यो सरकार तीनै जनताको हो।’