Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विकास र समृद्धिको पक्षमा कलम चलाउन पत्रकार महासंघआग्रह :


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १६ २०७४
  • 3.2K
    SHARES

काठमाडौँ, १६ चैत, नेपाल पत्रकार महासंघले देशको विकास र समृद्धिको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा सञ्चार माध्यमलाई राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नुका साथै सत्यतथ्य सूचना प्रवाह र जनताका आवाजलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न आग्रह गरेका छन् ।

नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै उनले राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई कार्यान्वयन गदै सोही नीतिअनुरुप सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।

महासंघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिबृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आम सञ्चार प्राधिकरण, विज्ञापन परिषद् जस्ता निकायको स्थापना गर्न समेत सरकारसँग माग गरेको छ ।

यसैगरी, प्रेस काउन्सिलको पुनःसंरचना, समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायत माग पूरा गर्न पनि आग्रह गरिएको छ ।

महासंघले पछिल्ला दिनमा प्रेस स्वतन्त्रता हनन्का घटनामा संख्यात्मकरूपमा केही कमी आएपनि अझैपनि दण्डहीनता र ‘सेल्फसेन्सरसीप’को अवस्था कायमै रहेको उल्लेख गरेको छ ।

स्थापना दिवसका अवसरमा शुक्रबार महासंघका पूर्वसभापति तथा अध्यक्षहरूलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४