Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘चिठ्ठा परेको’ भन्दै लाखौँ ठग्ने तीन जना प्रहरी फन्दामा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १५ २०७४
  • 7.5K
    SHARES

काठमाडौँ । ‘चिठ्ठा परेको’ भन्दै सामाजिक सञ्जालमार्फत २५ लाख  ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा उदयपुर स्थायी घर भई सानेपा बस्ने रेवत कुमार खाती, ईमाडोल बस्ने महेश कुमार पाण्डे र सोही ठाउँ बस्ने रोशन विक रहेका छन् ।

भाईबर र म्यासेन्जर मार्फत चिठ्ठा परेको भन्दै खबर गरेर पुरस्कारबापतको रकम निकाल्नको लागी बिमा तथा अन्य धरौटी रकम लाग्ने भनी पटक–पटक आईएमईबाट रकम पठाउन लगाई उनीहरुले ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

बुधवार बल्खुबाट पक्राउ परेका अभियुक्तहरुलाई आवश्यक कारवाहीका लागी ईलाका प्रहरी कार्यालय बर्दिबास पठाईएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–१ बस्ने पवित्रा खतिवडालाई भारतको

दिल्लीमा रहेका अपरिचित ब्यक्तिले म्यासेन्टरमार्फत फोन तथा म्यासेज गरेर चिठ्ठा परेको कुरा जानकारी गराएका थिए ।

यसरी ठगिने उनीसँग अन्य रहेका छन् ।

चिठ्ठा रकम प्राप्त गर्नका लागी अभियुक्तहरुले आईएमई मार्फत बिमा तथा धरौटी रकम पठाउन आग्रह गरेपछि पीडीतहरुले नेपाली एजेन्टहरु रेवत कुमार खाती, रोशन विक र महेश कुमार पाण्डेले उक्त रकम

बुझ्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेपाली एजेन्टहरुले रकम बुझेपछि भारतमा रहेको मुख्य व्यक्तिलाई रकम पठाउने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४