Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसियन कप खेल्न कतार जाँदै फुटबल टोली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ९ २०७४
  • 5.1K
    SHARES

काठमाडौँ– एएफसी एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल खेल्न राष्ट्रिय फुटबल टोली कतारको दोहा जाने भएको छ ।  यही चैत १३ गते दोहाको सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै अखिल नेपाल फुटबल संघले बिदाइ गरेको छ ।

यसअघि काठमाडौँमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो । छनोट खेलमा पाँच खेल खेलेको नेपालले दुई खेलमा बराबरी खेलेको छ । दुई अंक जोडेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । समूह ‘एफ’मा रहेको नेपाल यसअघि नै समूह चरणबाटै बाहिरिइसकेको छ ।

समूह ‘एफ’मा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन सात अंकसहित दोस्रो तथा समान सात अंक नै जोडेको ताजकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । नेपाल अंक तालिकाको पुछारमा छ । नेपाली टोलीमा गोलकिपर बिकेश कुथु, किरण चेम्जोङ र एलन न्यौपाने, डिफेण्डरमा अनन्त तामाङ, विराज महर्जन, रजिन धिमाल, आदित्य चौधरी, दिनेश राजवंशी र देवेन्द्र तामाङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, अञ्जन विष्ट, रोहित चन्द, विशाल राई, सुनिल वल, हेमन गुरुङ र हेमन्त थापामगर तथा स्ट्राइकरमा विमल घर्ती मगर, सुमन लामा, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की छन् ।  टोलीको मुख्य प्रशिक्षक योतुकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर छन् । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४