Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२ वर्षभित्र पानी जहाजमा नेपालले सामान ओसारपसार गरेरै छोड्छ- प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ९ २०७४
  • 4K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र नेपालमा रेल सेवा सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।

प्रधानमन्त्री ओलीले २ वर्षभित्र नेपालमा रेल सेवा सञ्चालनमा ल्याएर आफूलाई मजाक गर्नेहरूलाई जवाफ दिन चाहेको पनि स्पष्ट पारे। उनले २०७६ सालभित्र नेपाली झण्डाबाहक पानी जहाजले सामान ओसारपसार गर्ने महत्वकांक्षी योजना पनि सार्वजनिक गरे।

शुक्रबार काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै उनले पानी जहाजमा नेपालले समान ओसारपसार गरेको देखाएरै छोड्ने दृढता व्यक्त गरे।

उनले रेल सेवा सञ्चालन र पानी जहाज सञ्चालन गर्ने आफ्नो प्रतिबद्धतालाई विगतमा मजाकको विषय बनाइएको पनि स्मरण गराए। अब मजाक उडाउन नदिने गरी काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। उनले आफू नेतृत्वको सरकार देश बनाउन आएको पनि दोहोर्‍याए।

प्रधानमन्त्री ओलीले सरकार देश र जनताको हितमा समर्पित हुने पनि बताए। उनले सरकारले अब उद्यम विकासको लहर नै सृजना गर्ने दाबी गरे।

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्यम विकासका लागि निजी लगानी भित्र्याउन आवश्यक ऐन, कानूनको व्यवस्था गर्न लागिएको बताए।

उनले प्रधानमन्त्री केपी ओलीको चाहना अनुसार घरघरमा महिलाहरूले रोजगारीको अवसर पाउने गरी साना उद्यम विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। निजी क्षेत्रलाई प्रोत्साहित गरेर सरकार उद्यम विकासलाई अघि बढाउन प्रतिबद्ध रहेको मन्त्री यादवको भनाइ छ।

सरकारकै योजना अनुसार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनी ५ दिनसम्म चल्नेछ। ३ सयभन्दा बढी स्वदेशी उत्पादनका स्टलहरू रहेको प्रदर्शनीमा करिब ८ करोड कारोबार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४