Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कविहरूले यसरी मनाए विश्व कविता दिवस


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ९ २०७४
  • 5.4K
    SHARES

कविहरूले यसरी मनाए विश्व कविता दिवसविश्व कविता दिवसको अवसरमा काठमाण्डौमा बुधबार कवि गोष्ठी आयोजना गर्दै कविहरूले विश्व कविता दिवस मनाएका छन् । आकृति-प्रकृति प्रकाशनद्वारा आयोजित गोष्ठीको अध्यक्षता बिन्दु अधिकारी ढकालले गर्नुभएको थियो भने कार्यक्रम संयोजन मिसन अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा दुई दर्जन भन्दा बढी कविले आफ्ना कविता सुनाउनु भएको थियो । प्रेम राई परीक्षितले ऊ अनि म, सुनील पुरीले ‘देश खोज्दा’ र ‘कुराको खेती’ रविन्द्र आशिष शैलीले कविता, म तिमीलाई माया गर्छु, शर्मिला थापाले पदचाप, अञ्जु ज्ञवालीले अनुभव, अभ्यस्त यात्रीले म यौटा युद्धकारी, निर्मल पराजुलीले भन कविता, प्रमोद स्नेहीले सराप परेको देश, बिन्दु अधिकारी ढकालले हुलाकी दाइ कविता सुनाउनु भयो ।

कविहरू तुलसा कार्की, सन्तोष बस्नेत, नारायण निरासी, तारा केसी, द्वारिका कुईंकेल, आस्था निरौलाले क्रमश: पशुपति, मान्छेहरू, नेपालको नाउँमा, सम्वन्ध विच्छेद, जिउँदो लास शिर्षकका कविता सुनाउनु भएको थियो भने नानिमैया अधिकारीले मूर्ख तिमी कि म ?, चुढा नमूना दाहालले फूल्ने रहर, हिमालचन्द्र बरालले कविता, रिमा केसीले बनफूल, भागिरथी ज्ञवालीले सोफिया शिर्षकका कविता सुनाउनु भएको थियो ।

कवि गोष्ठीमा रूद्र अधिकारीले आफ्ना आधा दर्जन विशेष मुक्तक पस्किनु भएको थियो भने संगीत संयोजक समेत रहनु भएका लालकाजी श्रेष्ठले गजल गाएर सहभागीलाई मन्त्रमुग्ध बनाउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि डा घनश्याम न्यौपाने परिश्रमीले आफ्ना एक-एक गजल र कविता सुनाउनु भयो । सञ्चालक मिसन अधिकारीको ‘लास’ शिर्षकको कविता प्रस्तुती सहित शुरू गरिएको कवि गोष्ठी ‘सामूहिक आत्महत्या’ शिर्षकको कविता वाचन सँगै कविता वाचनको शिलशिला अन्त्य गरिएको थियो ।

अन्त्यमा डा घनश्याम न्यौपाने ‘परिश्रमी’ले वाचित कवितामाथि समिक्षात्मक टिप्पणी गर्नुभयो । राष्ट्रिय जनसाँस्कृतिक महासंघ अद्वैतमार्ग, बागबजार, काठमाण्डौमा कविता वाचनको कार्यक्रम सम्पन्न भएको हो ।

विश्व कविता दिवस (World Poetry Day) हरेक वर्ष २१ मार्चको दिन मनाईन्छ ।यूनेस्कोले २१ मार्चलाई विश्व कविता दिवसको रूपमा मनाउने घोषणा १९९९ मा गरेको हो । विश्व कविता दिवस मनाउनुको उद्देश्य कवि र कविताको सृजनात्मक महिमालाई सम्मान दिलाउनु हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४