Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सात दिनभित्र कार्ययोजना ल्याउन निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ८ २०७४
  • 3.5K
    SHARES

काठमाडौँ, चैत ८ गते । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मातहातका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले मातहतका संघसंस्थाका प्रमुखलाई आगामी तीन÷चार महिनाभित्र लागू हुने गरी उद्देश्य र लक्ष्यसहितको कार्ययोजना ल्याउन निर्देशन दिनुभएको हो ।

राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो, “दुईदेखि तीन पृष्ठको कार्ययोजनामा संस्थाले के काम गर्दैछ, के कमजोरी छन्, कसरी हटाउन सकिन्छ र आगामी दिनमा गर्ने योजना के छन् समावेश गर्नुहोला ।” “राज्यबाट सुविधा र अनुदान नपाउने निजी संस्थाहरुले प्रगति गर्दै जाने तर त्यस्तो सुविधा पाउने र जनताको करबाट सञ्चालित सार्वजनिक संस्था भने दिनदिनै ‘सुकेनाश’ लागेको जस्तो देखिएका छन्, यसमा सुधार गर्नुस”, उहाँले निर्देशन दिनुभयो ।

संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा उल्लेख गरेकाले अब सर्वसाधारण जनतासमक्ष गुणस्तरीय सूचना सुलभ र सहज रुपमा पु¥याउन सरोकारवाला सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । हालसम्म अस्थिर सरकार हुँदा नीतिमा फेरबदल हुने, कर्मचारीको छिटो छिटो सरुवा हुनेलगायतका समस्या रहेको बताउँदै उहाँले अब त्यस्ता समस्याको अन्त्य भएको विचार व्यक्त गर्नुभयो ।

राज्यमन्त्री बाँस्कोटाले समृद्ध राष्ट्र निर्माण गर्ने र सुशासन कायम गर्ने वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको अवगत गराउँदै अबको दशकलाई नवनिर्माणको दशक बनाउन सबै एकताबद्ध र कर्तव्यनिष्ठ भएर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपस्थित राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिकम, नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरण, न्यूनतम पारिश्रमिक निर्धारण समिति, चलचित्र विकास बोर्ड, हुलाक सेवा विभागलगायत प्रमुखहरुलाई आ–आफ्ना सेवा सुविधामा तत्काल सुधार गर्न उहाँले निर्देशन दिनुभयो ।

राज्यमन्त्री बाँस्कोटाले राससले कसरी आफ्नो आम्दानी बढाउन सक्छ त्यस बारेमा योजना बनाई अघि बढ्नुपर्ने बताउँदै समाचार चोरीलाई नियन्त्रण गर्न कडा कानुनी उपाय अवलम्बन गर्न सुझाव दिनुभयो । कामका सिलसिलामा कोही प्रति पनि आग्रह, पूर्वाग्रह र बदला नलिइने तर जिम्मेवारीबाट पन्छिने र छलछाम गर्ने गरियो भने चाहिँ सहन नसकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राज्यमन्त्रीको निर्देशनअनुसार आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मातहतका निकाय सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

कर्मचारीले कामका सिलसिलामा १० देखि ५ बजेसम्मको कार्यालय समय मात्र सीमित हुन नहुने भन्दै उहाँले आवश्यक परेको काममा कर्मचारीको २४ सै घण्टा सरकारको मातहत हुने बताउनुभयो ।
मन्त्रालयले सबै निकायको कार्ययोजनाअनुसार सम्बन्धित निकायसँग छलफल गरी अघि बढ्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४