Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साउदी अस्पतालको लापरबाहीले कोमामा पुगेका युवकको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ७ २०७४
  • 2.6K
    SHARES

खोटाङ– साउदीअरबस्थित अलमना अस्पतालको लापरबाहीका कारण गम्भीर अवस्थामा नेपाल फर्काइएका युवकको मृत्यु भएको छ। एपेन्डीसाईटको शल्यक्रिया गर्नेक्रममा चिकित्सकको लापरबाही हुँदा गम्भीर भएका खोटाङको साकेला गाउँपालिकाका २८ वर्षीय तेजबहादुर बुढाथोकीको मृत्यु भएको हो।

लामो समयसम्म अस्पतालको कोमामा राखिएपछि गत असोज १२ गते स्वदेश फर्काएका बुढाथोकीको इटहरीस्थित घरमा शुक्रबार मृत्यु भएको बताइएको छ। पहिलो शल्यक्रिया सफल नभएपछि दोस्रोपल्ट शल्यक्रीया गरिएका बुढाथोकी निको हुनुको सट्टा उल्टै होस गुम्नुका साथै हिँडडुल गर्न र बोल्न समेत नसक्ने

अवस्थामा पुगेपछि स्वदेश फर्काइएको थियो। उनी खाना खान, बोल्न, अरुले बोलेको सुन्न, आफन्तलाई चिन्न नसक्ने अवस्थामा पुगेका थिए। रोजगारीका सिलसिलामा साउदीअरब पुगेका बुढाथोकी एपेन्डीसाईटको समस्या आएपछि २०७३ साल चैत्रमा अलमना अस्पताल भर्ना भएको आफन्तको भनाई छ।

कोमामा रहेको बुढाथोकीलाई साउदीअरबबाट बहराईन हुँदै नेपाल ल्याइएको बैदेसिक रोजगारका क्षेत्रमा काम गरिरहेको सुरक्षित आप्रबासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी परामर्शदाता अम्बीका दाहाले बताईन्। ‘कोमामा राखिएको मान्छेलाई ल्याउन अति नै गा-हो भएको थियो, साउदीअरबको एयरलाइन्सले बिरामी बोक्नै मानेन,’ दाहालले भनिन्, ‘साउदीबाट सिधै ल्याउने अवस्था नभएपछि बाटोमा मृत्यु भए बिमा दाबी नगर्ने शर्तमा कागज गरेर बहराईनको बाटो प्रयोगगरेर नेपाल ल्याइएको हो।’ पीडित परिवारको दाबी अनुसार शल्यक्रियाको क्रममा कमजोरी भएको स्वीकार गर्दै अलमना अस्पतालले बुढाथोकी परिवारलाई ४१ लाख क्षतीपुर्ती दिइसकेको छ।

सिकिस्त अवस्थामा स्वदेश फर्काएका बुढाथोकीलाई सोही दिन शहीद गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा भर्ना गरिएको थियो। महिना दिनसम्म उपचार गर्दा पनि निको नभएपछि उनलाई घर नजिकैको अस्पतालमा राख्न सुझाव दिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो। तर, धरानमा उपचार हुन नसक्ने बताएइपछि उनलाई परिवारले घरैमा ल्याएर राखेका थिए। उनका श्रीमती र दुई बालबच्चा छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४