Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनसीसी बैंकको बोर्ड बैठकमा सीआईबीको छापा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २ २०७४
  • 17.1K
    SHARES

२ चैत, काठमाडौं ।  नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।

शुक्रबार बोर्ड बैठक जारी रहेको वेला प्रहरीको टोलीले छापा मारेको हो ।

बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धान थालेको हो । प्रहरीले केहीवेरमै घटना बारे विस्तृत विवरण सार्वजनिक गर्ने सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले बताए ।

सीआईबी स्रोतका अनुसार प्रहरी ३० भन्दा बढी अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि, उनीहरुको विवरण अहिले सार्वजनिक गरिएको छैन ।

यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ ।

एपेक्सका त्यतिखेरका अध्यक्ष विष्णुप्रसाद धिताल र ब्यवस्थापनको मिलेमतोमा ऋण दूरुपयोग भएको थियो । धिताल अहिले एनसीसीमा पनि सदस्य छन् ।  दुई अर्ब ऋणमध्ये ४८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४