“आमा”
छोरा हिड्यो आमा तिम्रो
केही गर्ने आश बोकि
थाहा छैन कस्तो हुन्छ भोलि
निराशा पो पर्ने होकि
जन्माएउ हुर्काएउ आमा तिमिले
अब केही गर्ने मेरो पालो आयो
तिम्रो आशु पुस्ने अब
यो दिलमा धोको बोकि
थाहा छैन कस्तो हुन्छ भोलि
निराशा पो पर्ने होकि
आमा तिम्रो साथ छोडेको हो
तिमी सग को नाता तोडेको होइन
घरव्यबहार र तिमिलाइ खुसि राख्न आमा
जाँदै छु म केही बर्ष को लागि हात यो झोला बोकि
थाहा छैन कस्तो हुन्छ भोलि
निराशा पो पर्ने होकि
गाउँ घर नै शन्यू लाग्ला आमा तिमिलाइ
म तिम्रो अँखा अगाडि नहुदा
धर्य राख्नु केही दिनमा नै बानी हुन्छ
बिदा दिनु अब मलाई अँखाका ती आशु रोकि
थाहा छैन कस्तो हुन्छ भोलि
निराशा पो पर्ने होकि