Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भ्रष्टाचार गर्ने र कर नतिर्नेलाई कारबाही : गृहमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २७ २०७४
  • 3.1K
    SHARES

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले कर नतिर्नेदेखि भ्रष्टाचारमा संग्लनहरु देशको समृद्धिको बाधक भएको बताएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले देशमा अस्थिरता पैदा गर्न तीन कोणबाट काम भइरहेको बताए ।

उनले पृथक् राज्यको कुरा गर्ने, हिन्दु राज्यको स्थापना गर्ने सपना देख्ने र गणतन्त्रलाई प्रतिक्रियावादी सत्ता हो भन्दै अस्थिरता पैदा गर्नेहरु गणतन्त्रको मुख्य चुनौती रहेको बताए।
गृहमन्त्री थापाले राजस्वनतिर्ने अवैध अर्थतन्त्रको जालो फैलिँदै गएको र कर छली गरेर अकुत सम्पत्ति आर्जन गर्नेहरुलाई प्रहार नगरी समृद्धि सिर्जना नहुने बताएका छन्। उनले एउटै कम्पनीले ४७ अर्ब राजस्वनतिरी बसेको सूचना पाएको भन्दै यस्ता थुप्रै उद्यमी र व्यवसायी भएको बताए। उनले कर नतिर्ने र त्यसलाई मिनाह गर्न राजनीतिक नेताकहाँ धाउने प्रवृत्ति रहेको पनि बताए।
गृहमन्त्री थापाले भन्सारमा दिनहुँ अर्बौको अवैध कारोबार हुने र त्यसलाई नरोकेसम्म अर्थतन्त्र उकालो नलाग्ने बताए। उनले भन्सार छल्ने, कर नतिर्नेहरुलाई भ्रष्ट र तस्करको संज्ञा दिँदै त्यस्ताको हातबाट देशको अर्थतन्त्र खोसेर उद्यमीहरु र देशभक्तहरुको हातमा ल्याएपछि मात्रै विकास र समृद्धि सम्भव हुने बताए। ‘कर नतिर्नु अपराध हो’, उनले भने, ‘आज हरेक क्षेत्रमा भ्रष्टाचार छ। अब गृह मन्त्रालले भ्रष्टाचार गर्ने र कर नतिर्नेलाई कानुनको सीमाभित्र रहेर कारबाही गर्छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४