Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वातावरणका लागि सबैभन्दा खतरनाक बन्दैछ स्मार्टफोन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०७४
  • 3.9K
    SHARES

सन् २०४० सम्ममा स्मार्ट फोन पर्यावरणका लागि सबैभन्दा हानिकारक वस्तुका रुपमा चिनिने हालैको एक अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरुले ल्यापटप, स्मार्टफोन र डाटा सेन्टरजस्ता डिभाइसमा कार्बन फुटप्रिन्टको अध्ययन गरी यो तथ्य पत्ता लगाएका हुन् ।

उनीहरुले पत्ता लगाएका तथ्यहरु जर्नल अफ क्लिनर प्रोडक्सनमा प्रकाशित छ । त्यसमा उल्लेख गरिएअनुसार स्मार्ट फोन, ल्यापटपजस्ता सामग्रीले अनुमान गरिएभन्दा धेरै हानिकारक ग्यास उत्सर्जन गरेको छ । यस्ता सामग्रीको उत्पादन र सञ्चालनका क्रममा धेरै धेरै हानिकारक ग्यास उत्सर्जन हुन्छ ।

‘हाल यसको भूमिका (वातावरण प्रदुषणमा) १.५ प्रतिशत रहेको छ । यही ट्रेण्ड कायम रहेमा २०४० सम्ममा कार्बन उत्सर्जनमा १४ प्रतिशतसम्म पुग्न सक्छ, यो भनेको विश्वभरका यातायात क्षेत्रको भन्दा आधा हो ‘ क्यानडाको म्याकमास्टर विश्वविद्यालयका डब्लु बुथ स्कुल अफ इन्जिनियरिङ, प्राक्टिस एण्ड टेक्नोलोजीका एसोसिएट प्रोफेसर लोट्फी बेल्करले भनेका छन् ।

उनले अगाडि भनेका छन् ‘हरेक टेक्स्ट म्यासेज, हरेक फोन कल र हरेक भिडियो डाउनलोड वा अपलोड गर्दा डाटा सेन्टरले कार्बन उत्सर्जन गर्छन्, तपाईले काम गर्दा टेलिकम्युनिकेसन नेटवर्क र डाटा सेन्टरले धेरै उर्जा खपत गर्छ’ बेल्करले भनेका छन् ।

सूचना प्रविधिका यस्ता डिभाइसहरुमध्ये सन् २०२० मा  वातावरणका लागि सबैभन्दा हानिकारक डिभाइसका रुपमा स्मार्टफोनलाई लिइएको  छ । जबकि स्मार्टफोन सञ्चालनका क्रममा धेरै कम उर्जा खपत हुन्छ, बरु यसको उत्पादनका क्रममा ८५ प्रतिशत कार्बन उत्सर्जनमा असर गरिरहेको  हुन्छ ।

‘स्मार्टफोनको चिप्स र मदरबोर्डका लागि धेरै उर्जाको आवश्यकता पर्दछ, किनकी यो विशेष प्रकारको धातुबाट बनाइन्छ’ अध्ययनमा भनिएको छ ।

२०७४ फागुन २२ गते १६:०८ मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४