Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तपाइको फेसबुक अकाउन्ट अरुले त खोलिरहेको छैन ? यसरी थाहा पाउनुहोस्


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०७४
  • 2.9K
    SHARES

साइबर अपराधीहरुलेे इन्टरनेट प्रयोगकर्ताका विभिन्न अकाउन्टहरु ह्याक गर्ने र प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग गर्ने घटना नौलो होइन ।

 

पछिल्ला वर्षहरुमा अनलाइनमार्फत प्रयोगकर्ताको पहिचान चोरी गर्ने घटना तीव्र रुपमा बढिरहेको छ ।

प्रचलनमा रहेका सोसल मिडिया साइटहरुमध्ये फेसबुक धेरै प्रयोगकर्ताको लागि सबैभन्दा महत्वपूर्ण अकाउन्टको रुपमा रहेको हुन्छ ।

फेसबुकमा गरिने कुराकानी तथा शेयर गरिने जानकारीहरुको दृष्टिले गर्दा फेसबुकमा हरेक प्रयोगकर्ताका लागि आफ्नो गोपनियता निकै महत्वपूर्ण रहेको हुन्छ ।

फेसबुक आफैले प्रयोगकर्ताको अकाउन्टको सुरक्षाका लागि विभिन्न टुल्सहरु उपलब्ध गराएको हुन्छ ।

आफ्नो फेसबुक अकाउन्टमा कुनै शंकास्पद गतिविधि देखिएमा वा ह्याकिंगको आशंका भएमा पहिचान गर्नका लागि विभिन्न तरिकाहरु उपलब्ध रहेका छन् । यसका लागि तपसिलको विधि अबलम्बन गर्नुपर्दछः

१. फेसबुक लगइन गर्नुहोस् र दायाँतर्फ माथिल्लो भागमा रहेको एरो आइकनमा क्लिक गर्नुहोस् ।

२. सेटिंग्स अप्सनमा क्लिक गर्नुहोस्

३. त्यहाँ रहेको सेक्योरिटी अप्सनमा क्लिक गरी General अप्सनभन्दा तल रहेको लगइन अप्सनमा क्लिक गर्नुहोस्

४. त्यहाँ तपाइँले आफ्नो फेसबुक कुन कुन ग्याजेटमा कुन समयमा लगइन भएको छ भन्ने पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ । तपाइँको फेसबुक अकाउन्ट लगइन भएका सबै डिभाइसको पूर्ण सूचिको जानकारी त्यहाँ हुन्छ, तपाइँले फेसबुक अकाउन्ट खोलेको दिनदेखिकै ।

५. यदि तपाइँले नचिनेको वा आफूले कहिल्यैपनि लगइन नगरेको डिभाइस पनि अकाउन्ट लगइन भएको डिभाइसको सूचिमा देखियो भने जान्नुहोस् कि तपाइँको फेसबुक अकाउन्ट अरु कसैले खोलेको छ । यसमा तपाइँको अकाउन्ट ह्याक भएको हुनसक्छ । त्यस्तो शंकास्पद डिभाइसको नामको छेउँमा रहेको तीनवटा थोप्लोवाला आइकनमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको Not you नामक अप्सन
छान्नुहोस् ।

६. त्यसपछि फेसबुकले तपाइँको अकाउन्ट सुरक्षित बनाउन अनुरोध गर्नेछ । र, आफ्नो अकाउन्टलाई सुरक्षित तथा बलियो कसरी बनाउने भन्ने बारेमा पूर्ण जानकारी प्रदान गर्नेछ । तपाइँले आफ्ना फेसबुक लगइन भएका डिभाइसहरुको नामको छेउँमा लगआउन अप्सन पनि देख्न सक्नुहुन्छ । साथै सूचिको अन्तिममा सबै डिभाइसबाट एकसाथ लगआउट गने अप्सन पनि हुन्छ ।

आफ्नो अकान्टलाई थप सुरक्षित बनाउन तपाइँ दुई तहको प्रमाणीकरण अर्थात् टू फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न सक्नुहुन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४