Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लण्डनमा नेपाली महिलासँग जोआना लुम्लेले मनाइन् नारी दिवस


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०७४
  • 8.2K
    SHARES

गोर्खा आन्दोलनकी एक सहयोगी अभियन्ता लोकप्रिय बेलायती अभिनेत्री जोआना लुम्लेले नेपाली महिलासँगै नारी दिवस मनाइन्।

लण्डनस्थित नेपाली दूतावासमा आयोजित नारी दिवस कार्यक्रममा बेलायतका सयौं नेपाली महिलामाझ अभिनेत्री लुम्ले सहभागी बनिन् ।

त्यस अवसरमा सम्बोधन गर्दै अभिनेत्री लुम्लेले नेपालसहित सिंगो विश्वमा क्रमशः महिलाहरुको अवस्था सुधार हुँदै गएको धारणा राखिन्। समस्याहरु बुझ्न र समाधान गर्न सिकाइ जरुरी छ भन्दै उनले सिक्ने हरेक अवसरहरु उपयोग गर्न महिलाहरुलाई आव्हान गरिन् ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालमा महिलाहरुको अवस्था क्रमिक रुपमा सुधार भएको  उल्लेख गरे। लण्डन दूतावासले हरेक वर्ष तीज र नारी दिवस गरी दुई पटक महिलाका लागि कार्यक्रम गर्दै आएको उनले स्मरण गरे। दूतावासलाई बेलायतका सबै नेपाली महिलाको माइतीघर बनाउने उनको भनाइ थियो।

राजदूत पत्नी पुनम राज्यलक्ष्मी सुवेदीले स्वागत मन्तव्य व्यक्त गरिन्। गायिका मिरा राणाले गीत प्रस्तुत गरिन्।

अन्य केही कलाकारले गीत तथा नृत्यहरु समेत प्रस्तुत गरेको कार्यक्रमको अन्त्यमा अभिनेत्री लुम्ले पनि सहभागी महिलाहरुसँगै नेपाली गीतमा नाचेकी थिइन्।

तस्बिर मिलन तमु

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४