Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिरियल किलर सकिल काठमाडौं ल्याइए


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २१ २०७४
  • 4.3K
    SHARES

काठमाडौँ — व्यक्तिहत्या शृंखला चलाउँदै करोडौं रुपैयाँ असुलेर ४ वर्षअघि कतार पुगेका सप्तरीका सकिल हुसेनलाई पक्रेर नेपाल ल्याइएको छ । उनले २०६४ देखि ०७० बीच मात्रै सुनसरी र सप्तरीमा ८ जनाको हत्या गरेका थिए ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गरिएका सकिललाई कतारी प्रहरीले फागुन पहिलो साता पक्राउ गरेको थियो ।
कतारी प्रहरीले उनलाई आइतबार विमानमा उच्च सुरक्षासाथ काठमाडौं ल्याएर नेपाल प्रहरीलाई जिम्मा लगाएको हो । नेपाल प्रहरीले ०७२ असार ४ मा पत्राचार गरेपछि इन्टरपोलले असार ६ मा सकिलको नाममा रेडकर्नर नोटिस जारी गरेको थियो । टकुलिया ७ सप्तरी घर भएका सकिलले ०७० मंसिर ४ मा सप्तरी जन्डौलकी दुलारीदेवी साह, ०६९ असोजमा सप्तरीकै सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको हत्या गरेका थिए । ०७० चैत २ मा सप्तरी, त्रिकोलकी निर्मलादेवी साहको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
ठगी र व्यक्ति हत्यामा संलग्न सकिल समूह नै बनाएर अपराधकर्ममा उद्यत थिए । निकट सहयोगीहरू धमाधम पक्राउ पर्न थालेपछि उनी कतार हिँडेका थिए । जेलमा रहेका आफन्त वा परिवारजनका सदस्य छुटाउने भन्दै मोटो रकम असुल्ने र परिवारकै सदस्यको हत्या गरी बेपत्ता हुने उनको अपराधशैली थियो ।
०६४ वैशाख २६ गते सकिल सप्तरी मल्हनियाका आरुल मियाँको हत्या अभियोगमा ०६८ मंसिरमा पक्राउ परेर राजविराज कारागारमा थुनामा परेका थिए । २६ माघ ०६८ मा पुनरावेदन अदालत राजविराजको आदेशले थुनामुक्त भए । त्यसपछि उनी उस्तै प्रकृतिको रकम असुली र व्यक्ति हत्याको बाटामा हिँडिरहे । बारम्बार जेल पर्दै राजनीतिक पहुँचको भरमा छुटदै फेरि अपराधकर्मका संलग्न हुँदै हिँडेको सकिलको इतिहास छ ।
०७० चैत २ गते सप्तरीको त्रिकौल गाविसकी निर्मलादेवी साहको हत्यामा पनि सकिलको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । ०७० कै पुसमा सुनसरी इनरुवा ७ का एकै परिवारका सदस्य इद्रिश नट मियाँ, जैतुन खातुन र सेरुन खातुनको हत्या पनि सकिलले नै गरेको प्रहरीको निष्कर्ष छ ।
नेपाल प्रहरीको इन्टरपोल शाखाले सन् ०१७ मा सकिलसहित ७ अपराधीलाई विश्वका विभिन्न देशबाट पक्रेर वा डिपोर्ट गराएर नेपाल ल्याएको छ । प्रहरीले १९ नेपाली र दुई विदेशीको नाममा इन्टरपोलमार्फत रेडकर्नर नोटिस र १९ जनाको नाममा डिफ्युजन नोटिस जारी गरेको छ । नेपालभित्र विभिन्न अपराध गरेर विदेश फरार भएका अभियुक्तहरूको नाममा प्रहरीले रेडकर्नर नोटिस र डिफ्युजन नोटिस जारी गर्छ । यस्तो नोटिस जारी गरिएपछि अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनका एक सय ९२ सदस्यराष्ट्रभित्र त्यस्ता व्यक्तिको खोजी र निगरानी सुरु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४