Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पशुपतिमा विद्युतीय शवदाहमा पनि भ्रष्टाचार, १४ जनाविरुद्ध मुद्दा दायर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ९ २०८२
  • 4K
    SHARES

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जना व्यक्ति र २ कम्पनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषअन्तर्गत विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरेर कोषको सम्पत्तिमा हिनामिना र राज्यलाई आर्थिक हानि पुर्‍याएको भन्दै उनीहरूमाथि मुद्दा दायर गरिएको हो ।

अख्तियारका अनुसार परियोजनामा संलग्न व्यक्तिहरूले नियोजित रूपमा प्रक्रिया मिचेर उपकरण खरिद तथा जडानमा अनियमितता गरेका थिए । यसैका आधारमा उनीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो ।

विशेष अदालतमा दायर मुद्दामा दोषी प्रमाणित भएमा सम्बन्धित व्यक्तिहरूलाई कैद तथा जरिवानाको सजाय हुन सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४