Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर मनसुनी वायु सक्रिय, चार प्रदेशमा भारी वर्षा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ८ २०८२
  • 1.4K
    SHARES

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले अहिले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित विभिन्न स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र देशका पहाडी भूभागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको चेतावनी दिइएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षासहित हिमपात हुने सम्भावना पनि रहेको छ।

आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका केही ठाउँहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन आग्रह गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा सम्भावित भएकाले नदीमा जलसतह बढ्ने, बाढी आउन सक्ने, पहिरो र भूक्षयको जोखिम रहेको उल्लेख गर्दै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४