Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि सभा बैठकअघि गृहमन्त्री लेखकसहित बालुवाटार पुगे सभापति देउवा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १५ २०८२
  • 1.3K
    SHARES

काठमाडौं। भिजिट भिसा काण्डको चपेटामा परेका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध भएपछि नेकपा एमाले र नेपाली कांग्रेस शीर्ष तहमा छलफलमा जुटेका छन् । संसदको गतिरोध अन्त्यका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

छलफलको मूल विषय गृहमन्त्रीको राजीनामासँगै बजेट सत्र सुचारु गर्ने उपायमाथि केन्द्रित भएको स्रोतले जनाएको छ । विपक्षी दलहरूले गृहमन्त्रीले पद नछाडेसम्म संसद सञ्चालन हुन नदिने अडान लिएका छन्। सरकार भने जेठ १५ गते भोलि आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्न संवैधानिक रूपमा बाध्य अवस्थामा पुगेकाले संसद चलाउने सहमति खोज्न दबाबमा छ ।

यसैबीच, संसद बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकअघि प्रमुख दलहरूबीच सहमति जुटाउने प्रयास जारी छ ।

भिजिट भिसाको नाममा आप्रवासनमा भएको अनियमिततासँग गृह मन्त्रालयको संलग्नता औंल्याउँदै प्रमुख प्रतिपक्ष लगायतका दलहरूले मन्त्री लेखकको नैतिक जिम्मेवारी तय हुनुपर्ने अडान लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४