Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक, गृहमन्त्री लेखकमाथि लागेको आरोप मुख्य एजेन्डा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १३ २०८२
  • 1.3K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्दैछ । बैठक आज (सोमबार) बिहान ९ बजेपछि बस्ने गरी बोलाइएको हो ।

बैठकमा पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, विशेषगरी गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्नबारे छलफल हुने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सभापति देउवाले मुख्यतया क्रियाशील सदस्यताका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले क्रियाशील सदस्यता नवीकरणको पछिल्लो अवस्था र प्रगतिबारे बैठकलाई विस्तृत जानकारी गराउने कार्यक्रम रहेको पौडेलले जानकारी दिए । यसका साथै, बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि गम्भीर छलफल हुनेछ ।

विशेषगरी, गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई घुस प्रकरणमा पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकको सचिवालय पनि उक्त प्रकरणमा मुछिएको भन्दै उनको राजीनामाको माग चर्को रूपमा उठिरहेको छ । यो विषयले पनि आजको पदाधिकारी बैठकमा प्राथमिकता पाउने देखिएको छ ।

पार्टीभित्रैबाट केही प्रभावशाली नेताहरूले मन्त्री लेखकमाथि प्रश्न उठ्ने बित्तिकै नैतिकताका आधारमा राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिइसकेका छन् । यस सन्दर्भमा पार्टीले आधिकारिक धारणा बनाउने वा नबनाउने भन्ने विषयमा पनि बैठक केन्द्रित हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४