Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वमै प्रदूषित शहरको शिखरमा काठमाडौं, सतर्कता अपनाउन विज्ञको सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २२ २०८१
  • 2.1K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर लगातार एक सातादेखि उच्च रहँदै आएको छ । हाल उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) १९३ मा पुगेको छ, जुन स्वास्थ्यको दृष्टिकोणले ‘अस्वस्थकर’ श्रेणीमा पर्छ ।

वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एअरका अनुसार काठमाडौं अहिले विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा पुगेको छ, जहाँ चीनको वुहान दोस्रो स्थानमा रहेको छ । एक्यूआई सूचकांक ० देखि ५० सम्म राम्रो मानिन्छ भने ३०१ माथिको सूचक खतरनाक मानिन्छ । १५१ देखि २०० को दायरा ‘अस्वस्थ’ र २०१ देखि ३०० सम्मको दायरा ‘निकै अस्वस्थ’ श्रेणीमा पर्छ । हालको १९३ अंकले काठमाडौंका बासिन्दा विशेष गरी वृद्ध, बालबालिका र श्वासप्रश्वासका समस्या भएका व्यक्तिका लागि जोखिमपूर्ण वातावरणमा बस्न बाध्य छन् ।

जल तथा मौसम विज्ञान विभागले चैत, वैशाख र जेठ महिनामा डढेलोको सम्भावना उच्च रहने र वर्षा नपरेसम्म वायुमण्डलमा प्रदूषणको मात्रा घट्ने सम्भावना कम रहेको जनाएको छ । त्यसैले अत्यावश्यक काम नपरीकन प्रदूषण बढी भएको समयमा घर बाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४