Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भाटभटेनीले सुरक्षा गार्ड पराजुलीलाई गर्‍यो पुरस्कृत, पाँच लाख नगद र पाँच ग्रेड बढुवा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १९ २०८१
  • 2.1K
    SHARES

काठमाडौं । भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको लुटपाट घटनामा अद्भुत बहादुरी देखाएका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई विशेष सम्मानका साथ पुरस्कृत गरेको छ । सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले एक कार्यक्रमबीच उनलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँ नगद, एक फूली र पाँच ग्रेड बढुवा प्रदान गर्दै दुबोको माला लगाइदिएर सम्मान गरेका हुन् ।

पराजुलीले लुटपाट गर्ने दर्जनौँ व्यक्तिसँग एक्लै जुधेर सुपरमार्केट जोगाएका थिए । लिस्टीले लुटेराहरूलाई कुट्दै भगाएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी सर्वत्र प्रशंसित बनेका छन् । २२ वर्षदेखि भाटभटेनीमा कार्यरत पराजुलीको साहसलाई ग्राहकदेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्मले खुलेर प्रशंसा गरिरहेका छन् ।

घटनाका क्रममा अन्य कर्मचारीहरूले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का र सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ नगद र एक ग्रेड बढुवा प्रदान गरिएको छ भने ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङले ५१ हजार १ सय ११ रुपैयाँको चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन् ।

लुटपाट र तोडफोडका कारण सुपरमार्केटलाई करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ, जसमा ६४ लाख ८८ हजार रुपैयाँ बराबरको सामान लुटिएको बताइएको छ । तर, भाटभटेनी सुपरमार्केटले आफ्नो सेवा अवरुद्ध हुन दिएन । कर्मचारीहरू रातभर सरसफाइमा जुटेपछि भोलिपल्ट बिहानैदेखि सुपरमार्केट नियमित रूपमा सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४