Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थाइल्याण्ड जाँदै प्रधानमन्त्री, यस्तो छ तालिका


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १८ २०८१
  • 2.1K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदैछन् । यस भ्रमणका क्रममा उनले बैंककमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागिता जनाउनेछन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, ओली मंगलबार दिउँसो १२:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरूसँग कुराकानी गरेर थाइल्याण्ड प्रस्थान गर्नेछन् । बैंककमा रहँदा उनले शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमणपछि उनी आगामी शनिबार, चैत २३ गते, स्वदेश फर्किने छन् ।

प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमण गर्दैछन् । भ्रमणको पूर्वसन्ध्यामा उनले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री तथा उच्च राजनीतिक नेतृत्वसँग छलफल गरेका थिए । आइतबार सम्पन्न उक्त बैठकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, साथै विभिन्न पूर्व परराष्ट्रमन्त्रीहरू सहभागी थिए ।

प्रधानमन्त्रीको यो भ्रमण तथा बिम्स्टेक शिखर सम्मेलनमा नेपालको सहभागितालाई नेपाल सरकार, मन्त्रिपरिषद्को चैत ११ गतेको बैठकले स्वीकृति प्रदान गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४