पुष्कर खड्का
रामेछाप । रामेछापका एक युवक काठमाडौँमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा लिखु तामाकोसी गाउँपालिका नागी घर भएका २८ वर्षीय सोनाम लामा काठमाडौँमा मृत फेला परेका हुन् ।
रामेछाप घर भएपनि हाल काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्दै आएका उनको आज वडा नम्वर ३१ शान्तिनगरस्थित चौरमा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।