Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीनकुने र सुन्दरीजलमा टिपरले बाइकलाई हान्दा दुई जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १ २०८१
  • 2.3K
    SHARES

काठमाडौं । काठमाडौंमा टिपरका कारण भएको दुर्घटनाले दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका कागेश्वरी मनहरा र शनिबार बिहान काठमाडौंको तीनकुनेमा भएको दुर्घटनामा दुई जनाले ज्यान गुमाएका हुन् ।

काठमाडौं महानगरपालिका ३२ तीनकुने गौरीगाउँमा शनिबार बिहान साढे चार बजे रा १ ख २६२२ नम्बरको टिपरले प्र३-०२ -००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा घाइते भएका काभ्रेपलाञ्चोक पनौती ११ का सुकराम तामाङको मृत्यु भएको र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ का रमेश तामाङ घाइते भएका छन् । दुर्घटनापछि फरार भएको टिपर विमानस्थल भन्सार कार्गाेभित्र भेटिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए ।

उता, कागेश्वरी मनहरा वडा नम्बर १ सुन्दरीजल स्थित बिपी चोकमा पनि टिपरकै कारण मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । बा ५ ख ११६८ नम्बरको टिपरले एक बोलेरो गाडी टुचिन लगाएर तान्दै गरेकोमा सो गाडीमा बा ४८ प ३६४० नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अनुज ढकालको उपचारको क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।

टिपर चालक अशोक रोक्कालाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना शुक्रबार बेलुका साढे सात बजेको समयमा भएको हो । पछिल्लो एक महिनायता काठमाडौंमा टिपरका कारण दुर्घटना बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४