Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

छ्याङ्ग आकाश, टलक्क हिमाल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १९ २०८१
  • 4.7K
    SHARES

काठमाडौं । दुई दिनको हिउँदे वर्षापछि काठमाडौंको आकाश उघ्रिएको छ । उच्च पहाडी र हिमाली भेगमा हिउँ पनि परेको छ ।

पानी पर्दा प्रदूषण घटेकाले हिउँले ढाकिएका सेता हिमश्रृङ्खला छर्लङ्ग देखिएका छन् । हिउँदयाममा लामो समयसम्म हिउँ र पानी नपर्दा हिमालहरु काला देखिन्थे । तर गत शुक्रबार र शनिबार देशका अधिकांश स्थानमा पानी पर्‍यो भने बाक्लो हिमपात पनि भयो ।

हावामा धुलोयुक्त प्रदूषणको मात्रा पनि घट्यो । फागुन १ गते काठमाडौं विश्वका प्रदूषित सहरहरुको सूचीको दोस्रो स्थानमा थियो । तर आइतबार नेपाल यो सूचीको ३३ औं स्थानमा पुगेको थियो । यद्यपि आज फेरि नेपाल माथि उक्लिएर छैटौं स्थानमा छ ।

आइतबार आकाश खुल्दा कोशौं टाढाका हिमाल पनि काठमाडौं उपत्यकाबाटै स्पष्ट देखिएका थिए ।

सेताम्य हिमश्रृंखला नेपालका वैभव हुन् । यी पानीको स्रोतमात्र होइनन्, हाम्रो सुन्दर प्रकृतिको महत्वपूर्ण अंश पनि हुन् । त्यसैले हिमाल जोगाउनु पर्ने चुनौती छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४