पर्सा र बाराको विभिन्न ठाउँमा थपिए सन्क्रमित ।
जन न्युज नेपाल खबर प्रतिनिधि
नेपालमा पछिल्लो समयमा दिन प्रतिदिन कोरोना बढ्दै गइ रहेको छ । त्यस मध्ये पनि पर्सा र बारामा सबै भन्दा बढी रहेको छ ।
पर्सा र बारामा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको हो ।
पर्साका १४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु बलबालिका र वृद्व वृद्धाहरुरहेका छन् । नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर समेत देखिएको छ भने , जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको छ । यसअघि पर्सामा ३ सय ८७ जना महिलासहित १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेका छन् । जसमा २२ जना भारतीय नागरिक रहेका थिए भने १२० जना स्वास्थ्यकर्मी, ८६ सुरक्षाकर्मी, ८ जना पत्रकार, ८९ कैदी थुनुवा र ४८ जना अस्पताल सफाइकर्मी, गार्ड लगायत कार्यालय सहयोगीसमेत संक्रमित भएको देखिएको छ ।
जसमध्ये ७४ जना महिलासहित ३ सय ५६ जना कोरोना जित्न सफल भई घर फर्केका छन् । भने ३४ जना महिलासहित १ सय ४३ जना संक्रमित आइसोलेसनमा रहेका छन् । २ सय ४ जना महिलासहित ६१० जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । १७ हजार ५ सय १ जनाको स्वाब संकलन गरिएकोमा ३ सय ३० जनाको रिपोर्ट आउन बाँकी छ । शनिबार २ सय ३५ जनाको स्वाब संकलन गरिएको हो पर्सामा हालसम्म कोभिड–१९ को संक्रमणबाट २८ जनाको मृत्यु भइसकेको छ भने २८ जनामध्ये एउटा बेवारिसे शवको पहिचाने भने अझै खुल्न सकेको छैन ।