Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पशुपतिनाथ मन्दिरमा १५,१०० रुपैयाँमा विशेष पूजा, भक्तजनलाई सहज दर्शनको व्यवस्था


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १४ २०८१
  • 1.7K
    SHARES

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा साँझदेखि विशेष पूजाको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका परिषद सदस् एवं प्रचार-प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीकाअनुसार साँझ ७ बजेदेखि महाशिवरात्रि विशेष पूजाको व्यवस्था गरिएको हो ।

भक्तजनहरूले विशेष पूजा गर्नका लागि १५,१०० रुपैयाँ तिर्नुपर्नेछ । यस व्यवस्थाले भक्तजनहरूलाई बिना लाइन १ घण्टाभित्र पूजा सम्पन्न गर्ने अवसर प्रदान गर्नेछ । विशेष पूजामा यसवर्ष पञ्चामृत पूजा मात्र राखिएको छ । अघिल्लो वर्ष उपलब्ध बालभोगसहित पञ्चामृत पूजा, रुद्राभिषेक, लघुरुद्राभिषेक, तथा पूरा भोगसहित पञ्चामृत विशेष पूजाका विकल्पहरू हटाइएको संयोजक खत्रीले बताए । १५ हजारभन्दा बढी रकमको विशेष पूजामा भक्तजनहरूले लाखबत्ती बाल्ने, रुद्राभिषेक गर्ने, हवन सम्पन्न गर्ने, सवा लाख बत्तीबाट आरती गर्ने, तथा पञ्चामृत पूजा गर्ने अवसर पाउनेछन् ।

विशेष पूजामा सहभागी हुनका लागि पशुपति क्षेत्रको पश्चिमपट्टि रहेको एसबीआई बैंकमा १५,१०० रुपैयाँको भौचर बुझाउनुपर्नेछ । यसवर्ष विशेष पूजामा केवल २०० भक्तजनलाई मात्र सहभागिता दिने निर्णय गरिएको छ । शिवरात्रिको साँझ ७ बजेदेखि विशेष पूजा सुरु हुनेछ। यसलाई चार प्रहरमा विभाजन गरिएको छ :-

पहिलो प्रहर: साँझ ७:०० बजे
दोस्रो प्रहर: राति ९:०० बजे
तेस्रो प्रहर: राति १२:०० बजे
चौथो प्रहर: बिहान ३:०० बजे

विशेष पूजाले भक्तजनहरूलाई शिव तत्व प्राप्त गर्न, सत्वगुण अभिवृद्धि गर्न, तथा ध्यान, प्रार्थना र पूजामा संलग्न हुन प्रेरित गर्ने विश्वास गरिएको छ । यसैकारण साँझदेखि विशेष पूजाको व्यवस्था मिलाइएको छ । महाशिवरात्रिमा भक्तजनहरूले अब डिजिटल वालेट तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भेटी चढाउन सक्नेछन् । प्रचारप्रसार संयोजक खत्रीका अनुसार ई-सेवा लगायतका डिजिटल माध्यममार्फत भेटी चढाउने व्यवस्था मिलाइएको छ । यसले भक्तजनहरूलाई सहज रूपमा दर्शन तथा भेटी चढाउने अवसर प्रदान गर्नेछ ।

महाशिवरात्रिमा पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ । भक्तजनहरूको सुविधाका लागि पशुपति परिसरमा प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रवेश व्यवस्थापनका लागि :-

बाहिरी प्रवेशद्वारमा चार लाइन
पश्चिम तथा उत्तर ढोकामा तीन/तीन लाइन
पूर्व तथा दक्षिण ढोकामा दुई/दुई लाइन रहनेछ।
मन्त्रालयस्तरीय मूल समारोह समिति गठन गरी दर्शन, सुरक्षा, आवास, भोजन तथा धार्मिक कार्यक्रम व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू सक्रिय बनाइएका छन् । साथै, सफाइ, शौचालय, खानेपानी, तथा जुत्ताचप्पल राख्ने स्थानको उचित प्रबन्ध गरिएको छ । नागाबाबाहरूका लागि मन्दिर परिसरमा विशेष धुनीको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४