Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुर्खेतबाट काठमाडौं आउँदै गरेको बस बबईमा दुर्घटना


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ७ २०८१
  • 1.4K
    SHARES

काठमाडौं । सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बस गएराति दाङको बबईमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मंगलबार राति सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०७०१ नम्बरको बस दाङको बबई गाउँपालिका-२ स्थित तल्लो ट्वाङ्खोला नजिक दुर्घटना भएका हो ।

दुर्घटना राति करिब साढे ९ बजे पूर्वपश्चिम राजमार्गको घुम्तीमा भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाले जानकारी दिएका छन् । दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् । तीमध्ये अधिकांशलाई सामान्य चोट लागेकोले उपचारपछि डिस्चार्ज गरिएको छ ।

केहीलाई भने गम्भीर चोट लागेकोले थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ, भने अन्य घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक रोकायाका अनुसार सबै घाइतेहरू हाल खतरा मुक्त छन् । दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४