Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुटवलमा मलामी गएकाहरुमा धमाधम देखिन थाल्यो कोरोना, मृतकमा भएको थिएन कोरोना परीक्षण


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ६ २०७७
  • 8.5K
    SHARES

बुटवलमा मलामी गएकाहरुमा धमाधम देखिन थाल्यो कोरोना, मृतकमा भएको थिएन कोरोना परीक्षण

सुस्त भयो कोरोना परीक्षण

 

बुटवल ।  बुटवल उपमहानगरपालिका–११ स्थित कालिकानगरकी एक महिलाको मृत्यु भएपछि उनको मलामी गएका तथा मलामीको सम्पर्कमा रहेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएको  छ । कन्ट्याक्टको ट्रेसिडको आधारमा हालसम्म १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने थप ७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । 

 साउन १७ गते कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो । उनी क्यान्सरको उपचारका लागि अस्पतालमा पुगेकी थिइन् ।
त्यहाँ आफन्तहरुले कोरोना परीक्षणको विषयमा सोध्दा किमोथेरापीको क्रममा हृदयघातले मृत्यु भएको भन्दै अस्पतालले कोरोना परीक्षण नगरी पठाइदिएको उनीहरुको भनाइ छ ।
सामान्य मृत्युजस्तै ठानेर छिमेकी र नातागोता १८ गते बुटवलको मैनाबगरमा मलाली पुगेका थिए । त्यहीँबाट कोरोना सरेको धेरैको बुझाइ छ ।

 त्यसपछि  मलाली पुगेका र मृतकका आफन्तहरुको कन्ट्याक्ट ट्रेसिड गर्न सुरु गरिएको हो । जसमा हालसम्म ३८ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको छ । ७ जनाको रिपोर्ट आउन बाँकी छ ।
कोरोनाको आशंकामा सुरुमा कोरोना परीक्षण गराउने मृतकका देवर हाल बुटवल उपमहानगरपालिकाले निर्माण गरेको एन्फा एकेडमीको आइसोलेसन अस्पतालमा बसेका छन् । अस्पतालका अध्यक्ष, अपसेरन गर्ने चिकित्सक र अस्पतालका सूचना अधिकारीसँग यसबारे बुझ्दा मृतकमा कोरोनाको हुनसक्ने कुनै आधार नभएको बताएको आफन्तको भनाइ छ ।

मृतकका देवरले  जन न्युज नेपाल खबरसँग भने, ‘मृतकमा कोरोना भएको डाक्टरले भनेका छैनन् । हामी कतै अन्य मानिसहरु सम्पर्कमा थिएनौँ, बरु शव ल्याउने एम्बुलेन्स र छोरी ज्वाइँलाई काठमाडौबाट  बुटवल ल्याएको एम्बुलेन्सबाट सरेको हो कि भन्ने आशंका छ ।

१७ गते राति मृत्यु भएपछि शब एम्बुलेन्समा राखेर  बुटवल १८ गते बिहान ल्याइएको थियो भने काठमाडौमा बस्ने छोरीज्वाईँहरु पनि एम्बुलेन्समा दिउसो १ बजे बुटवल आएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बुटवलमा कोरोना संक्रमण समुदायमै पुगिसकेको छ । 

पछिल्लो समय दिनदिनै बढिरहेका संक्रमितले पनि बुटवलमा संक्रमणको क्रम तीव्र रहेको तथ्यांकले देखाउँछ । बुटवलमा अहिलेसम्म १४४ जनामा संक्रमण देखिएको छ । बुटवल ११ मा सवैभन्दा धेरै कोरोना संक्रमित रहेका छन् । जहाँ ती मृतकका आफन्त, मलामी जाने टोलछिमेकी र  किरियाकर्म गराउने पण्डितलाई समेत गरी १८ संक्रमण पुष्टि भएको छ। अन्य वडामा भन्दा धेरै संख्या देखिनुमा सो घटना पनि रहेको नगरपालिकाले  स्वास्थ्य माहाशाखाले जनाएको छ ।

 नगरपालिका शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले महिलाको मृत्युपछि मलामी गएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिड सकिएको बताए ।
बुटवल उपमहामहानगरपालिकाले साउन २९ गतेदेखि घोषणा गरेको लकडाउनपछि सडकमा मानिसको उपस्थिति  निकै कम छ ।

 उपमहानगरपालिकाले भदौ ७ गतेसम्म लकडाउन जारी राखेको छ। यद्यपि बुटवलमा कोरोनाका संक्रमित थपिँदै गएपछि आइसोलेसनका बेड भरिएका छन्। अहिले थपिएका संक्रमितलाई घरघरमै सुरक्षित रूपमा बस्न आग्रह गर्दै आएको महाशाखा प्रमुख खनालले बताए । उनले बुटवलका अझै खतरा रहेकोले परीक्षण दायरा बढाउन लागिएको बताए । बुटवलको लकडाउन पनि अझै थप्नुपर्ने उनको भनाइ छ ।

रिपोर्ट आउन ढिलाइ
कालिकानगरकी ती महिलाको मृत्यु १७ गते राति भएपछि उनका आफन्त मलामी गएकाहरु कन्ट्याक्ट ट्रेसिड सामान्यतः एक हप्तामा सक्नुपर्ने हो । तर २२ गते मृतकको देवरको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि मलाली गएका र संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरुले पीसीआर गर्नका लागि स्वाब दिए । तर अझै ७ जनाको रिपोर्ट आएको छैन । उनीहरुको स्वाब भैरहवामा रहेको गहुवाली कोरोना ल्यावमा पेन्डिङमा रहेको छ । 

मलाली गएकामध्ये कोरोना पोजेटिभ देखिएका कोही बुटवलको एन्फा एकेडमीमा रहेको आइसोलेसन अस्पतलमा बसेका छन् भने केही घरमै आइसोलेट बनेर बसेका छन् । उनीहरु सवैको स्वस्थ्य अवस्था राम्रो रहेको छ । उनीहरुमा कोरोनाको लक्षण पनि देखिएको छैन। 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४