Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बजगाईंलाई मन्त्री पाण्डेको जवाफ- करोड होइन, कौडी खाएको पुष्टि गरे राजनीति छोडिदिन्छु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २८ २०८१
  • 1K
    SHARES

काठमाडौं । संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफू कुनै पनि स्वार्थ समूह वा विचौलियासँग सम्झौता नगर्ने अडान दोहोर्याएका छन् । नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले इमानदारिता र निष्ठाका साथ काम गर्दा स्वार्थ समूहको हस्तक्षेपको सामना गर्नुपरेको बताएका हुन् ।

उनले पुराना राजनीतिज्ञहरू बलियो भए पनि आजकाल केही स्वार्थ समूह अत्यन्तै शक्तिशाली बन्दै गएकोमा चिन्ता व्यक्त गरे । ‘मैले तीन चार महिनाको अवधिमा ईमानदारीपूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका व्यक्तिहरूले मेरो प्रतिष्ठा गिराउन र आत्मबल कमजोर बनाउन अनेक प्रयास गरिरहेका छन्,’ उनले भने ।

कार्यक्रमको दौरानमा पाण्डेले पशुपति मन्दिरको साक्षीमा आफूले अनियमितता र भ्रष्टाचारमा कुनै पनि संलग्नता नरहेको दाबी गरे । ‘म माथि करोडौं भ्रष्टाचारको आरोप लगाइयो भने पनि म प्रमाणसहित त्यसको खण्डन गर्न तयार छु,’ उनले चुनौती दिँदै भने, ‘यदि कसैले प्रमाणित गर्न सक्छ भने म पशुपति मन्दिरको ढोकामा आएर राजनीतिक जीवनबाट सन्यास लिन्छु ।

धर्म र आस्थामा विश्वास राख्दै राजनीतिलाई सेवाको रूपमा अंगालेको उल्लेख गर्दै मन्त्री पाण्डेले विकृति र विसंगतिलाई हटाउन आफू तयार रहेको बताए । उनले सामाजिक सञ्जालमा अफवाह र झुटो समाचारको सहारा लिई व्यक्तिलाई बदनाम गर्न खोज्नेहरूको चर्को आलोचना गरे । मंगलबार काँग्रेस सांसद राजेन्द्र बजगाईंले क्यासिनो सञ्चालनका लागि एक करोड कमिसन खाएको आरोप लगाएको पृष्ठभूमिमा मन्त्री पाण्डेको यो वक्तव्य आएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४