Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रकाश सपुतले मागे माफी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २५ २०८१
  • 2.5K
    SHARES

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ रिलिजअघि कलाकार प्रकाश सपुत फिल्मको प्रबर्द्धनमा देखिएनन् । चलचित्र रिलिज हुनुअघि निर्माण पक्ष र सपुतबिचको विवाद छताछुल्ल भएको थियो ।

दुई दिनअघि भने सपुतले चलचित्रको अंश हुन पाएको भन्दै सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका थिए । जसमा धेरैले उनको आलोचना गरेका छन् । आलोचनापछि सपुतले माफी माग्दै नयाँ पोस्ट गरेका छन् । उनले यस विषयमा प्रस्ट पार्दै सम्झौता अनुसार नभएपछि केही समय आफ्नो अडान लिएको स्वीकार गरेका छन् । ‘तर कहिलेकाहीँ स्वाभिमानी भन्दा बढी व्यवहारिक भएर सोच्न पर्ने रैछ,’ उनले लेखेका छन्, ‘१२ वर्षको कलाकारितामा मेरो व्यक्तिगत कर्म अलि अपजसी र अभागी भए पनि मेरो पेसागत कर्मलाई तपाईँहरूले भाग्यमानी प्रमाणित गरिदिनु भएको छ ।’

शनिवार सामाजिक सञ्जालमा उनले माफी माग्दै लेखे ‘जानी नजानी मन दुखाएकोमा माफी चाहन्छु, कमजोरीहरू सुधार्दै जाउँला। अब त उमेरले पनि अलि पाको हुँदै गइयो। सस्तो चर्चा, परिचर्चा, सफलता, व्यस्तताभन्दा पनि एउटा राम्रो विचार र व्यवहारसहितको व्यक्ति बन्न चाहन्छु। यसरी खबरदारी चाहिँ गर्दै गर्नुस् तर राम्रो ऊर्जा पनि दिनुस् न है। म कलामार्फत थुप्रै कुरा भन्न सक्छु, समाजलाई सुसूचित र राज्यलाई प्रश्न गर्न सक्छु। तपाईँहरूलाई निरन्तर मनोरञ्जन गर्न सक्छु ! यति आत्मविश्वास छ।’

उनले फिल्म रिलिज हुँदाको दिनमा काममै रहेको भन्दै आफूले धर्म नछाडेको उल्लेख गरेका छन्।

‘सम्झौता अनुसार नभएपछि मैले केही समय आफ्नो अडान लिएकै हो तर कहिलेकाहीँ स्वाभिमानी भन्दा बढी व्यवहारिक भएर सोच्न पर्ने रैछ। मैले त्यही सोचे र रिलिजको लागि मनै देखि लागी परे’ उनले लेखेका छन्।

उनले १२ वर्षको कलाकारितामा आफ्नो व्यक्तिगत कर्म अलि अपजसी र अभागी भए पनि पेसागत कर्मलाई भाग्यमानी प्रमाणित गरिदिएको भन्दै गत वर्ष परदेशी २ बाट फिल्ममा आएकोमा अहिले ब्लकबस्टर फिल्म खेल्न पाएको बताएका छन्।

‘पूर्ण बहादुरको सांरगी जस्तो कथा बनिरहुन्, मौलिक सांरगीको धुन गुन्जिरहुन् र त्यसमा म जोडिन पाईराखौ’ उनले लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४