Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फोटो खिच्ने क्रममा तालमा खसेका चार्टर अकाउन्टेन्ट गौतमको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २५ २०८१
  • 2.7K
    SHARES

काठमाडौं । चितवनको वैकुण्ठ तालमा फोटो खिच्ने क्रममा खसेर एक व्यक्तिले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–१६, गरिमा टोलका ३५ वर्षीय चार्टर अकाउन्टेन्ट अर्जुन गौतम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालका अनुसार गौतम बिहीबार सपरिवार वैकुण्ठ ताल घुम्न गएका थिए । ताल नजिकैको एउटा ढुङ्गामा चढेर फोटो खिच्ने क्रममा उनी अचानक चिप्लिएर तालमा खसेका थिए ।

घटनापछि तत्कालै इलाका प्रहरी कार्यालय माणीबाट इन्स्पेक्टरको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको थियो । थप सहयोगका लागि डीएसपी नेतृत्वमा सशस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको थियो ।

उद्धारपछि गौतमलाई जिल्ला अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत्यु भइसकेको पुष्टि गरेका थिए । शुक्रबार गौतमको पोस्टमार्टम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४