Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मानव तस्करीको आरोप लागेका अधिकारीलाई एमालेले गर्‍यो निलम्बन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २४ २०८१
  • 1.1K
    SHARES

काठमाडौं । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।

एमालेको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलब्न गरेको जानकारी गराएको छ ।

‘नेकपा एमाले अविचलित रुपमा कानुनी शासनको पक्षमा उभिँदै आएको जिम्मेवार पार्टी भएको नाताले उहाँले गर्नुभएको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सावैजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै’ एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्तिमा भनेका छन् ।

आरोपको अन्तिम निरुपण नहुँदासम्म उनलाई पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा एमालेको संगठित सदस्यबाट समेत निलम्बन गरिएको खतिवडाले बताएका छन् ।

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका मन्त्री अधिकारीसँगै अन्य व्यक्ति पनि जापान पुगेको पाइएपछि मानव तस्करीको आरोप लागेको छ । उनले पदबाट राजीनामा दिइसकेका छन् । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४