Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहरीकरणमा देखिएका चुनौती सम्बोधन गर्न राष्ट्रसङ्घसँग सहकार्य हुन्छ : उपप्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २३ २०८१
  • 1.7K
    SHARES

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकका प्रमुख सहरी चुनौती सम्बोधन गर्न ‘यूनाइटेड नेसन्स ह्युमन सेटलमेन्ट प्रोग्राम’ (यूएन–ह्याबिटेट) सँग सहकार्य गरिने बताएका छन् ।

इजिप्टको कायरोमा जारी ‘वल्र्ड अर्बान फोरम’को कार्यक्रममा आज यूएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधि काजुको इसिगाकी र नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि हाना सिङ्गर ह्याम्डीसँग मन्त्री सिंहले द्विपक्षीय बैठक गरेका थिए ।

बैठकमा उनले नेपालले सामना गरिरहेको प्रमुख सहरी चुनौतीलाई सम्बोधन गर्न सहकार्य आवश्यक रहेकामा जोड दिएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा इसिगाकीले तथ्य र तथ्याङ्कमा आधारित योजनामा यूएन ह्याबिटेटको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी नेपालका लागि आवासीय प्रतिनिधि ह्याम्डीले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन रहने जानकारी गराए ।

मन्त्री सिंहको सचिवालयका अनुसार दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्न र सहरी योजनालाई मुख्य प्रवाहमा ल्याउने जटिल सहरी चुनौतीको सामना गर्न यूएन ह्याबिटेटको भूमिकामासमेत आवासीय प्रतिनिधि ह्याम्डीले जोड दिए । विश्व फोरममा नेपालका तर्फबाट उपप्रधानमन्त्री सिंहले तीन वटा सत्रमा सम्बोधन गरेका थिए ।

उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गरेका थिए । नेपाल जस्ता विकासोन्मुख देशले कम कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनको प्रत्यक्ष असर धेरै देखिएकाले अन्तर्राष्ट्रियस्तरको जलवायु वित्तमा सजिलो पहुँच र प्राविधिक सहयोगमार्फत मात्र जलवायु न्याय हुने कुरा विश्व समुदाय समक्ष जोडदार रुपमा उठाएका मन्त्री सिंहको सचिवालयले जनाएको छ ।

इजिप्टको कायरोमा नोभेम्बर ४ बाट सुरु भएको फोरम आज समापन हुँदैछ । उपप्रधान सिंह भोलि शनिबार स्वदेश फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४