Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नारायणगढमा बाइक अनियन्त्रित भएर पल्टियो, दुई युवाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ६ २०८१
  • 2.6K
    SHARES

काठमाडौँ । भरतपुर महानगरपालिका-२ नारायणगढ लिलाचोक नजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुर जिल्ला गैंडाकोट नगरपालिका-५ काँग्रेसचोकका २६ वर्षीय रबिन थापा र लमजुङ दूधपोखरी गाउँपालिका-६ का ४० वर्षीय पुर्णबहादुर गुरूङ रहेका छन् । थापाले मोटरसाइकल चलाएका थिए ।

शुक्रबार राति १ बजेर २० मिनेट जाँदा लिलाचोक भित्री सडकमा नारायणगढ सहिचोकबाट पोखरा बसपार्क जाँदै गरेको बा प्र प ०६-००२ प ३१४५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर पल्टेको थियो ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना गरिएकोमा दुवैको त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४