Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नातिनातिनासँगै विद्यालय जान्छन् हजुरआमाहरू


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ६ २०८१
  • 1.9K
    SHARES

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका गाउँकी ७८ वर्षीया धनकुमारी राईले स्थानीय सरस्वती माध्यमिक विद्यालयको कक्षा–१ मा अध्ययन गर्न थालेकी छन् । बाल्यकालमा विवाह भएपछि शिक्षाबाट वञ्चित उनी अहिले नातिनातिनीको उमेरका बालबालिकासँगै बसेर पढ्न थालेकी हुन् ।

पाँच छोराछोरीका गरी २१ जना नातिनातिनीका हजुरआमा धनकुमारी सोही माध्यमिक विद्यालयको बाल विकास केन्द्रमा अध्ययनरत नातिनी परिशा राईसँगै झोलामा किताब, कापीसहित शैक्षिक सामग्री बोकेर विद्यालय जाने गरेकी छन् ।

मोबाइल फोन चलाएर सामाजिक सञ्जाल हेर्ने धोको पूरा गर्न विद्यालय भर्ना भई नियमित अध्ययन गर्न थालेको उनले बताइन् । “सानै उमेरमा विवाह भएपछि विद्यालय जान पाइएन । अहिले पढ्ने धोको पूरा गर्न विद्यालय भर्ना भएकी छु”, उनले भनिन्,“ढिलै भए पनि पढाइलाई दैनिकी बनाउँदा खुसी लागेको छ ।”

धनकुमारीसँगै पाथेका गाउँकी ५२ वर्षीया पुजन दर्जी पनि सोही विद्यालयमा कक्षा–१ मा भर्ना भएकी छन् । तीन सन्तानकी आमा उनले बाल विकास केन्द्रमा अध्ययनरत नातिनी स्नेहासँग विद्यालयमा जाने गरेकी छन् ।

बाल्यकालमा पढ्ने चाहना भए पनि पूरा नभएपछि अहिले विद्यालय भर्ना भएको पुजनले बताइन् । “सानो हुँदा पढ्ने चाहना भए पनि बुबाआमाले दिनुभएन”, उनले भनिन्,“नपढेपछि जिन्दगी अन्धकार हुँदो रहेछ । अहिले पढ्ने सपना पूरा गर्ने अवसर मिलेको छ । छोराछोरीले पनि साथ दिएका छन् ।”

बाल्यकालमा पढ्न नपाएपछि मोबाइल चलाउनदेखि सामाजिक सञ्जाल हेर्न पनि नसकेको पुजनले दुखेसो गरिन् । “लेख्न, पढ्न जानियो भने मोबाइल चलाउन सकिन्छ भन्ने लागेको छ”, उनले भनिन्, “छोरा विदेशमा छन् । उनीहरुसँग कुरा गर्न मन लाग्छ । पढेपछि यस्ता स–साना कामका लागि कसैलाई गुहार्नु पर्दैन ।”

हजुरआमा समानका धनकुमारी र पुजनले बुढेसकालमा उच्च मनोबलका साथ नियमिक विद्यालय आएर पढ्ने गरेका विद्यालयका प्रधानाध्यापक उत्रप्रसाद राईले बताए । “उहाँहरु बुढेसकालमा पनि नियमित विद्यालय आएर अध्ययन गरिरहनुभएको छ”, उनले भने, “यसले महिलाको साक्षरता वृद्धि हुने विश्वास लिएका छौँ ।”

धनकुमारी र पुजन नेपाली अक्षरदेखि अङ्ग्रेजीमा केही शब्द भन्न र लेख्न सक्ने भएका प्रधानाध्यापक राईले उल्लेख गरे । उनीहरुको पढाइप्रतिको इच्छाशक्तिले अरुलाई पनि हौसला दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हात्तीराम राईले बताए ।

वि.सं. २०१७ मा स्थापना भएको उक्त विद्यालयमा अहिले तीन सय ३२ जना विद्यार्थी अध्ययनरत छन् । भौगोलिक रुपमा विकट र विद्यार्थीको सङ्ख्या पर्याप्त नभएकाले चन्दा सङ्कलन गरेर ११ को कक्षा सञ्चालन गरिएको सञ्चालक समितिका संयोजक धनप्रसाद गिरीले जानकारी दिए । कक्षा १२ सम्मको अनुमति पाएको विद्यालयमा शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायको अध्यापन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४