Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भन्सारको महानिर्देशकमा पुडासैनी, आचार्य आन्तरिक राजस्वमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २ २०८१
  • 2K
    SHARES

काठमाडौं । अर्थ मन्त्रालयले १५ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । सहसचिव हरिशरण पुडासैनी भन्सार विभागको महानिर्देशक बनेका छन् । रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयमा ८ जना नयाँ सहसचिव पठाएपछि जिम्मेवारी तोक्ने र हेरफेर गर्ने काम भएको हो ।

५९ जना सहसचिव सरुवा हुँदा भन्सारका महानिर्देशक ढुण्डीराज निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णालीको प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएको थियो ।

दीपक लामिछानेलाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकमा नियुक्त गरिएको छ । कविता रेग्मी र गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा पठाइएको छ ।

रमेश अर्याल ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनेका छन् । पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकिएको छ ।

यसैगरी यमुना प्रधान र जनकराज शर्मा भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ । डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ ।

उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा हेर्ने जिम्मेवारी तोकिएको छ । मदन दाहालले अर्थमन्त्रालयकै प्रशासन महाशाखा हेर्ने जिम्मेवारी पाएका छन् ।

थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखामा राखिएको छ । महेश भट्टराईले अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखामा जिम्मेवारी पाएका छन् । अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गत राखिएको छ ।

यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४