Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वभर युवा बेरोजगारीदर १५ वर्षयताकै खराब : आईएलओ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २९ २०८१
  • 1.9K
    SHARES

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले विश्वभर युवा बेरोजगारी दर १५ वर्षयताकै सबैभन्दा तल्लोस्तरमा खस्किएको जनाएको छ ।

यद्यपि कोभिड महामारीपछि आर्थिक वृद्धि र श्रम मागमा आएको उछालले विश्वभर १५ वर्षदेखि २४ वर्षका युवाका लागि श्रम बजारमा स्थिति केही सुधार देखिएको छ । तर आर्थिक सुधारको लाभ असमान छ । खासगरी एसिया प्रशान्त र अरब देशहरुमा महिलाहरु लाभबाट बन्चित छन् ।

सोमबार सार्वजनिक आईएलओको एक रिपोर्टमा लेखिएको छ, ‘विश्वभर लाखौं युवाहरुको राम्रो पारिश्रमिकयुक्त काम पाउने आकांक्षामा बाधा पुगेको छ ।’

रिपोर्टमा लेखिएअनुसार सन् २०२३ मा विश्वस्तरमा युवा बेरोजगारीमा १३ प्रतिशतसम्म गिरावट आएको छ । यो सन् २०१९ मा १३.८ प्रतिशतको महामारीपूर्वको दरभन्दा कम हो ।

आईएलओको रोजगार विश्लेषण तथा सार्वजनिक नीतिको प्रमुख सारा ऐल्डरले भनेकी छन्, ‘पूर्वी एसियामा ४.३ प्रतिशतभन्दा बढी, अरब देशमा १ प्रतिशतभन्दा बढी तथा दक्षिणपूर्व एसिया र प्रशान्त क्षेत्रमा १ प्रतिशतको दरले युवा बेरोजगारीको दर बढिरहेको छ ।

अवसरको कमी

आईएलको सोधबाट यो चिन्ताजनक अवस्था पत्ता लागेको छ कि गत वर्ष हरेक पाँच युवाहरुमा एक जना रोजगार, शिक्षा वा प्रशिक्षणबाट बन्चित छ । यो स्थितिलाई आईएलओले “NEETs” (‘Not in Employment, Education or Training’)को संज्ञा दिएको छ ।

सारा ऐल्डरले भनेकी छन्, ‘यदि तपाईं युवा महिला हुनुहुन्छ भने शिक्षालाई निरन्तरता दिन र रोजगारी हासिल गर्ने चुनौती दोब्बर हुन्छ । किनकि हरेक तीनजनामा दुई जना NEETs  महिलाहरु छन् ।

यसको अलावा युवा श्रम बजारमा अझै राम्रो अवस्था र पारिश्रमिकवाला कामको खोजी पहिलेको तुलनामा बढी कठिन भएको छ ।

जन्मजात पूर्वाग्रह

सारा ऐल्डरका अनुसार अधिकांश युवा श्रमिकमा अझै पनि सामाजिक सुरक्षाको अभाव छ । उनीहरुको रोजगार अस्थायी पनि छ । त्यसबाट स्वतन्त्र युवाको रुपमा प्रगति गर्न कठिन हुने गरेको छ ।

उनका अनुसार धनी देशका हरेक चारजनामा तीन जना युवासँग नियमित र सुरक्षित रोजगारी छ तर कम आय भएका देशका चार जनामा केबल एक जना युवा श्रमिकसँग मात्रै नियमित र सुरक्षित कामको सम्भावना छ ।

संयुक्त राष्ट्रसंघको श्रम एजेन्सी आईएलओको सोध रिपोर्टमा लेखिएअनुसार काम खोज्ने दबाब युवाहरुमा बढी हुने गरेको छ । साथै अनुसार हरेक तीन जनामध्ये दुई जना युवामा रोजगार गुमाउने डर छ ।

आईएलओले जोड दिँदै भनेको छ यी सब अवस्थाका बाबजुद रोजगारको खोजीमा रहेको जेनेरसन जेडका पिँढीका युवाहरु ‘अहिलेसम्मकै सबैभन्दा शिक्षित युवा समूह’ हुन् ।

सारा ऐल्डरले भनेकी छन्, ‘सभ्य कामकाज, युवाको लागि सुनिश्चित भविष्यको टिकट हो भने सामाजिक न्याय समावेशी र शान्तिको पोसपोर्ट हो । सुनौलो भविष्यका लागि अवसर सिर्जनाको कुनै उपयुक्त समय छ भने त्यो अहिले छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४