Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अझै डाक्टर बन्न सक्नेछैन च्याट जिपिटी, लक्षण पहिचानमा कमजोर


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २६ २०८१
  • 3.3K
    SHARES

आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट प्लाटफर्म च्याट जिपिटी संसारभर लोकप्रिय छ, किनकि यसले आम मानिसका लागि विभिन्न कामहरु गर्न सहयोग गर्दछ, जस्तै एप्लिकेसन तयार पार्न र स्कुलको होमवर्क गर्न ।

तर के च्याट जिपिटी डाक्टर पनि बन्न सक्छ त ? यस विषयमा PLOS ONE ले हालै एक शोध रिपोर्ट प्रकाशित गरेको छ।

अध्ययनमा एकजना डाक्टरको रुपमा च्याट जिपिटी कत्तिको सटीक तथा प्रभावकारी छ भन्ने बताइएको छ ।

रिपोर्ट अनुसार एक भाषा मोडेलका रुपमा त च्याट जिपिटी चर्चित छ तर चिकित्सा सम्बन्धी प्रश्नहरुको जवाफका लागि यसलाई निकै सकस पर्दो रहेछ ।

च्याट जिपिटीमाथि गरिएको यस अध्ययनको उद्देश्य ओपन एआईको यो प्लाटफर्मको क्षमता जाँच गर्नु हो ।

यो अध्ययनमा शोधकर्ताहरुले कुनै जटिल चिकित्सकीय परिस्थितिहरुमा च्याट जिपिटीले कस्तो काम गर्न सक्छ भन्ने कुराको विश्लेषण गरियो ।

शोधकर्ताहरुले यसका लागि Medscape Clinical Challange को प्रयोग गरे, जसले बिरामीको अवस्थाको वस्तुस्थिति पेश गर्यो ।

त्यस क्रममा स्वास्थ्यसम्बन्धी अनेक खालका समस्याहरु देखाइयो । शोधकर्ताहरु यस्तोमा च्याट जिपिटीले रोगको सजिलैसँग पहिचान गर्न तथा उपचारको सही सल्ला दिन सक्छ वा सक्दैन भन्ने कुरा जान्न चाहेका थिए ।

शोधकर्ताहरुले च्याट जिपिटीमाथि डेढ सय चिकित्सा चुनौतीहरूका आधारमा परीक्षण गरे ।

हरेक केसमा बिरामीको इतिहास, उपचार तथा परीक्षणको जानकारी थियो र शोधकर्ताहरुले च्याट जिपिटीबाट प्राप्त नतिजाको तुलना आफुहरुको उक्त चिकित्सा रिपोर्टसँग गरे ।

त्यस क्रममा च्याट जिपिटील केवल ४९ प्रतिशत समस्याहरुको हकमा मात्रै सही जवाफ दिएको पाइयो । जब ती जवाफको तुलना मेडस्केप मार्फत् गरियो, तब च्याट जिपिटीले करीब ६१ प्रतिशत जवाफ समयमै दियो ।

समग्रमा च्याट जिपिटीले करिब ७४ प्रतिशत सटिकता हासिल गरेको र ४९ प्रतिशत प्रष्ट जवाफ दिएको पाइएको छ ।

यसले गलत जवाफलाई त छुट्यायो, तर उपचारका क्रममा च्याट जिपिटीमाथि विश्वास भने कमै गर्न सकिने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४