Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली काँग्रेस बैठकमा कार्यसमिति बैठकका एजेण्डाबारे छलफल, गगनको प्रस्तावमा के छ ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २२ २०८१
  • 1.3K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठकमा आगामी केन्द्रिय कार्यसमिति बैठकका एजेण्डाहरुको सम्बन्धमा छलफल भएको छ ।

सोमवार पार्टी सभापति निवास बुढानिलकण्ठमा बसेको नेपाली काँग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले आगामी साउन २३ गतेबाट हुने काँग्रेस केन्द्रिय कार्यसमिति बैठकको एजेण्डाहरुको सम्बन्धमा छलफल भएको हो ।

पदाधिकारी बैठकमा अगामी केन्द्रिय कार्यसमितिको बैठकमा महासमिति बैठकमा उपसभापति र महामन्त्रीद्वयले प्रश्ताव गर्नुभएको राजनीतिक प्रश्ताव, सांगठनिक प्रश्ताव र समसामयिक प्रश्तावलाई संशोधनसहित पारित गर्ने सन्दर्भमा छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

त्यसैगरी पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको सम्बन्धमा पनि केन्द्रिय कार्यसमिति बैठकमा छलफल हुने तय भएको उनले बताए ।

उनले भने – ‘साउन २३ गतेबाट नेपाली काँग्रेस केन्द्रिय कार्यसमिति बैठक आह्वान गरिएको छ । सो बैठकलाई केन्द्रबिन्दु राखेर आज छलफल भयो । आजको बैठकबाट आएको कुरा अनुसार महासमिति बैठकमा नेपाली कांग्रेसका उपसभापतिज्युले राजनीतिक प्रश्ताव पेश गर्नुभएको छ । महामन्त्री गगन थापाले सांगठनिक प्रश्ताव पेश गर्नुभएको छ । र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदनको विषयमा गरेर ३ वटा प्रश्ताव पेश भएका थिए । प्रश्तावहरुमा महासमितिमा व्यापक छलफल भयो । बैठकले आएका सुझावहरू सहित, संशोधनसहित केन्द्रिय कार्यसमितिबाट पारित हुनेगरी जुन निर्णय भएको थियो । सोही विषयमा अब बस्ने केन्द्रिय कार्यसमिति बैठकले उक्त महासमितिबाट प्रश्तुत भएको जुन प्रस्तावहरू हो । जुन सुझावहरूलाई समेत समेटेर प्रश्ताव पेश गरेर पारित गर्ने भन्ने कुरा भएको छ । सरकारमा रहेर नेपाली कांग्रेसले पार्टी संगठनलाई तल्लो तहसम्म लिएर जाने कुरा र सरकारमा बसेर काँग्रेसले कस्तो भुमिका खेल्नुपर्छ भन्ने बारेमा पनि छलफललाई केन्द्रीकृत गर्ने भन्ने कुरा भएको छ । पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको बारेमा पनि छलफल हुन्छ ।

उनले सरकार सञ्चालनसँगै पार्टीलाई तल्लो तहसम्म लाने कुरामा केन्द्रिय कार्यसमिति बैठक केन्द्रीत हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४