Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बानेश्वरबाट ‘टू-ट्वान्टी’ चोर्ने दुई युवकलाई ट्राफिक प्रहरीले समात्यो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ११ २०८१
  • 2.7K
    SHARES

काठमाडौं । काठमाडौँको नयाँबानेश्‍वरबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको कोहल्वी नगरपालिका २ ककडी घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने २३ वर्षीय सुवास चौधरी र कोहल्वी नगरपालिका ५ घर भई हाल ललितपुरको थसिखेल बस्दै आएका २४ वर्षीय यम नारायण चौधरीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत मंगलबार काठमाडौंको सिभिल अस्पतालमा पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०४३ प ०९ ९५ नम्बरको मोटरसाइकल चोरी भएको भनी भक्तपुरका मनिष बहादुर कार्कीले दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका चौधरीद्वयले चोरी गर्ने समयमा प्रयोग गरेको लु २२ प ८५ २० नम्बरको मोटरसाइकलसहित सिसिटिभी फुटेजका आधारमा उनीहरू नियन्त्रणमा आएका हुन् । उनीहरूको साथबाट मोटरसाइकल चोरी कार्यमा प्रयोग हुने विभिन्न औजारहरू समेत प्रहरीले बरामद गरेको छ ।

चोरी गरेको बागमती प्रदेश ०२-०४३ प ०९ ९५ नम्बरको मोटरसाइकलका सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । नियन्त्रणमा आएका उनीहरूलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्‍वर पठाइएको छ ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग हुनुपर्ने छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४